लागुपदार्थ विरुद्ध जागरणको लागि ५ कि.मी यात्रा आयोजना हुँदै

काठमाडौं । मिरा राई इनिसियटिभको सहकार्यमा होप फाउन्डेसन नेपालले ५ कि.मी यात्रा दौड प्रतियोगिता आयोजना गर्ने भएको छ । असार २२ गते शनिबार कार्यक्रम हुने बुधबार आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

कार्यक्रमको मुख्य उद्देश्य लागुपदार्थ दुव्र्यसनीबारे जनचेतना जगाउने र स्वस्थ जीवनशैली प्रोत्साहन गर्ने रहेको होप फाउन्डेसनका अध्यक्ष राजिव थापाले जानकारी दिए ।

कार्यक्रममा सहभागीले खुल्ला र विद्यार्थी वर्गमा निःशुल्क दर्ता गर्न सक्ने आयोजकले जनाएको छ । विजेताले ५० हजार नग पुरस्कार प्राप्त गर्नेछन् ।

युवाहरुलाई लागुपदार्थ दुव्र्यसनीबाट बचाउन जनचेतना फैलाउने उद्देश्यले गरिने यस्ता महत्वपूर्ण कार्यक्रमहरु देशैभरि गर्नुपर्ने पत्रकार सम्मेलनमा बोल्दै मिरा राइले बताइन् ।

You might also like

Comments are closed.