अर्थतन्त्रको स्तम्भ बन्दै ‘हस्पिटालिटी’

राधिका ढकाल

आज नेपालको हस्पिटालिटी क्षेत्र देशको अर्थतन्त्रको एक प्रमुख स्तम्भ बनेको छ । विश्व प्रसिद्ध हिमाल आरोहण, पदयात्रा, साहसिक खेल, सांस्कृतिक भ्रमण तथा धार्मिक यात्रामा आउने पर्यटकहरूलाई होटल, रिसोर्ट, होमस्टे, गेस्ट हाउस र रेस्टुरेन्टहरूले सेवा दिइरहेका छन् । काठमाडौं, पोखरा, चितवन, लुम्बिनी जस्ता प्रमुख पर्यटकीय केन्द्रहरूमा अन्तर्राष्ट्रिय चेन होटलदेखि बुटिक होटल र स्थानीय होमस्टेसम्मको सञ्जाल फैलिएको छ ।

यो क्षेत्रले लाखौं नेपालीलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको छ र विदेशी मुद्रा आर्जनको एक प्रमुख स्रोत पनि बनेको छ । पर्यटन उद्योगले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । तर, राजनीतिक अस्थिरता, कोभिड–१९ जस्ता महामारी र कमजोर पूर्वाधारजस्ता चुनौतीहरूले यस क्षेत्रलाई समय–समयमा असर पु¥याउने गरेको छ ।

पछिल्लो समय नेपालको हस्पिटालिटी क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण बढ्दो छ । परम्परागत होटल व्यवसायभन्दा बाहिर निस्केर नयाँ र विशिष्टीकृत क्षेत्रमा लगानी केन्द्रित हुन थालेको छ । नेपाल लगानी बोर्ड, एफएनसीसीआई र विभिन्न मिडिया रिपोर्टहरू (२०२४–२०२५) होटल, वेलनेस टुरिज्म, डिजिटल प्लेटफर्ममा नयाँ लगानी प्रवृत्तिमा लगानीकर्ता आकर्षित भएका छन् ।

नेपालमा हस्पिटालिटी क्षेत्रको विकास केवल व्यापार र सेवा मात्र होइन, हाम्रो संस्कार र अतिथि सत्कारको परम्परासँग जोडिएको लामो इतिहास हो । प्राचीन कालदेखि नै तीर्थयात्री, व्यापारी तथा विद्वानहरूले नेपाल भ्रमण गर्दा मठमन्दिर, धर्मशाला, गुम्बा र गाउँघरका साधारण घरहरूमा निःशुल्क आश्रय र सत्कार पाउने चलन थियो । यो ‘अतिथि देवो भवः’ को गहिरो अनुभूति नेपालको सांस्कृतिक पहिचान बन्न पुग्यो ।
तर आधुनिक अर्थमा हस्पिटालिटी क्षेत्रको औपचारिक विकास भने १९५० को दशकपछि सुरु भयो । १९५१ मा नेपालले पहिलोपटक औपचारिक रुपमा विदेशी पर्यटकलाई स्वागत ग¥यो र त्यसपछि काठमाडौंको ठमेल क्षेत्रमा साना साना होटलहरू खुल्न थाले । त्यसैक्रममा, १९५६ मा नेपाल सरकारले पहिलो पटक पर्यटन विभाग स्थापना ग¥यो र यसै वर्ष पहिलो पर्यटन नीतिको घोषणा भयो, जसले देशको पर्यटन र हस्पिटालिटी विकासको लागि कानुनी र प्राविधिक आधार तयार ग¥यो ।

१९६० र ७० को दशकमा नेपालले हिप्पी आन्दोलनको प्रभाव पाएपछि ठमेल, पोखरा र अन्य पर्यटकीय स्थलहरूमा होटल, रेष्टुरेन्ट र ट्राभल एजेन्सीहरू बिस्तार हुन थाल्यो । १९७३ मा काठमाडौंमा स्थापित ‘होटल याक एण्ड यती’ नेपालकै पहिलो पाँचतारे होटल बनेर हस्पिटालिटी क्षेत्रमा एक नयाँ चरणको सुरुवात ग¥यो । यो होटलले नेपालको अन्तर्राष्ट्रियस्तरको आतिथ्य सेवा क्षेत्रमा ठूलो प्रभाव पा¥यो ।
त्यसपछि १९८० र ९० को दशकमा पर्यटन क्षेत्रमा सरकारी–निजी साझेदारी बढ्दै गयो र थुप्रै नयाँ होटल, रिसोर्ट तथा ट्राभल कम्पनीहरू स्थापना भए । १९९९ मा नेपाल पर्यटन बोर्डको स्थापना भयो, जसले देशको पर्यटन प्रवद्र्धन र हस्पिटालिटी क्षेत्रलाई व्यवस्थित बनाउने कार्य थालेको थियो । हाल नेपालभर साना, मझौला र ठूला होटल, रिसोर्ट, होमस्टे, गेस्ट हाउस लगायत सक्रिय होटलको संख्याः ७,५०० रहेको नेपाल पर्यटन बोर्ड र नेपाल होटेल संघ (२०२३/२०२४) को रिर्पोटमा उल्लेख छ ।

भूकम्प र राजनीतिक अस्थिरताका कारण केही चुनौतीहरू आएपनि नेपालले सन् २०१० पछि पुनः तीव्र विकासको गति पकड्यो । डिजिटल प्रविधिको प्रवेशसँगै अनलाइन बुकिङ प्रणाली, स्मार्ट होटल सेवा र प्रविधिमैत्री व्यवसाय मोडलहरू आयो । ग्रामीण पर्यटन र होमस्टे कार्यक्रमले नयाँ आयाम थपे । WTTC, Nepal Tourism Survey , Booking.com/Agoda  जस्ता प्लेटफर्महरूको रिपोर्टहरू अनुसार पर्यटकहरूले अनलाइन बुकिङ गर्ने प्रवृत्ति ४० प्रतिशत भन्दा बढी छ । यसरी नेपालको हस्पिटालिटी क्षेत्रले धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदालाई आर्थिक अवसरमा परिणत गर्दै प्राचीनकालको संस्कारदेखि आधुनिक सेवा उद्योगसम्मको यात्रा तय गरेको छ ।

पर्यटन र हस्पिटालिटी
नेपाल पर्यटन उद्योगको मुख्य आधार हस्पिटालिटी हो । विश्व प्रसिद्ध हिमाल आरोहण, पदयात्रा, साहसिक खेल, सांस्कृतिक भ्रमण तथा धार्मिक यात्रामा आउने पर्यटकहरूलाई होटल, रिसोर्ट, होमस्टे, गेस्ट हाउस, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ गाइड र अन्य सेवाहरूले सेवा दिने गर्दछन् । हिमाल आरोहण, पदयात्रा, साहसिक खेल, सांस्कृतिक भ्रमण र धार्मिक यात्रामा आउने विश्वभरिका पर्यटकहरूलाई सहज, सुरक्षित र आत्मीय सेवा दिन होटल, रिसोर्ट, होमस्टे, गेस्ट हाउस, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ गाइड लगायतका विविध सेवा प्रदायकहरू सक्रिय छन् ।

नेपाल टुरिजम बोर्डको मासिक रिपोर्ट अनुसार डिसेम्बर २०२४ मा नेपालमा करिब १० लाखभन्दा बढी अन्तर्राष्ट्रिय पर्यटकले भ्रमण गरेका थिए, जसले हस्पिटालिटी क्षेत्रमा तीव्र माग सिर्जना गरेको छ । काठमाडौं, पोखरा, चितवन र लुम्बिनीजस्ता प्रमुख पर्यटकीय गन्तव्यहरूमा पाँचतारे होटलहरूदेखि लिएर ग्रामीण होमस्टेहरूसम्म सेवा विस्तार भएको छ । ठूला होटलहरूले आधुनिक सुविधासहित अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गरिरहेका छन् भने ग्रामीण क्षेत्रका होमस्टेहरूले स्थानीय संस्कृतिको जीवित अनुभव प्रदान गर्दै आगन्तुकहरूलाई न्यानोपन र आत्मीयता महसुस गराउँछन् ।

लगानीकर्ताहरूको दृष्टिले, नेपालको हस्पिटालिटी क्षेत्र आकर्षक बजार बन्न पुगेको छ । वेलनेस टुरिजम, योग तथा ध्यान केन्द्र, सांस्कृतिक र साहसिक पर्यटनसँग जोडिएका रिसोर्ट, डिजिटल मार्केटिङ प्रणाली र प्रविधिमैत्री होटल म्यानेजमेन्ट सेवाहरूमा ठूलो लगानी भइरहेको छ ।
नेपाल सरकार र निजी क्षेत्रको सहकार्यले थप प्रविधि र पूर्वाधारमा लगानी गरी यो क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन प्रयासरत छन् । यसले रोजगार सिर्जना मात्र गर्दैन, स्थानीय समुदायको समृद्धिमा पनि योगदान पुर्याउँछ ।

यस प्रकार, नेपालको हस्पिटालिटी क्षेत्र आर्थिक विकासको एउटा महत्वपूर्ण इञ्जिन बनेको छ जसले सांस्कृतिक संरक्षण र सामाजिक समावेशीकरणलाई पनि सँगसँगै अघि बढाउँदैछ ।

सामाजिक–सांस्कृतिक महत्व
नेपाली समाजमा पाहुनालाई सत्कार गर्नु एक धार्मिक तथा सामाजिक कर्तव्यको रूपमा लिइन्छ । यही सत्कारलाई जोगाउन गाउँघरमा विभिन्न होम स्टेहरु सन्चालनमा छन् । जहाँ पर्यटकलाई पाहुनाको रुपमा हेरिन्छ, यसरी आउने पाहुनालाई दूध, दही, गुन्द्रुक, ढिँडो, साग, मासुजस्ता परम्परागत खाना खुवाउने चलन अझै जीवित छ । यस्तै, लोक संस्कृतिका गीत, नाँच, परम्परागत कला र संस्कार समेत हस्पिटालिटी अनुभवको अभिन्न हिस्सा बनेका छन् । नेपाली समाजमा पाहुनालाई सत्कार गर्नु केवल स्वागतको स्वरूप होइन, यो एक धार्मिक तथा सामाजिक कर्तव्यको रूपमा मानिन्छ । गण्डकी प्रदेश पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड (२०२३/ २०२४) आधिकारिक रूपमा दर्ता गरिएका सामुदायिक होमस्टे १५०० प्लस रहेका छन् । यसैले नेपाली हस्पिटालिटीमा केबल सेवा मात्र होइन, पाहुनासँगको आत्मीय सम्बन्ध, साँस्कृतिक आदानप्रदान र सामाजिक मेलमिलाप पनि समावेश हुन्छ । यही सामाजिक–सांस्कृतिक धरोहरले नेपाललाई विश्वमा अतिथि सत्कारको अनौठो र समृद्ध गन्तव्य बनाएको छ ।

आर्थिक योगदान
नेपालको हस्पिटालिटी क्षेत्रमा लाखौं नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न छन् । पर्यटन तथा हस्पिटालिटी क्षेत्र नेपालको विदेशी मुद्राको मुख्य स्रोत हो । नेपाल पर्यटन बोर्डका अनुसार, पर्यटन उद्योगले जीडीपीमा झन्डै ८% योगदान पु¥याएको छ । होटल, रेष्टुरेन्ट, ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनीहरू लगायत धेरै व्यवसाय हस्पिटालिटी क्षेत्रमा निर्भर छन् । एनटिबी आईएलओ र वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (NTB, ILO, / World Travel & Tourism Council (WTTC)    तथ्यङ्क अनुसार पर्यटन र हस्पिटालिटी क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी ११ लाख मानिसले रोजगारी पाएका छन् ।

यस क्षेत्रको बृद्धिले ग्रामीण क्षेत्रहरूमा समेत आर्थिक क्रियाकलाप फैलाउने काम गरिरहेको छ, जसले स्थानीय समुदायको आय वृद्धि र जीवनस्तर उकास्न सहयोग पु¥याउँछ । साथै, हस्पिटालिटीले सेवा क्षेत्रलाई समृद्ध बनाउँदै नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउने काम गर्दैछ । यसकारण, हस्पिटालिटी क्षेत्रलाई मात्र व्यवसायिक दृष्टिले होइन, समग्र आर्थिक विकासको एक मुख्य इञ्जिनको रूपमा पनि हेरिनु आवश्यक छ ।

 

You might also like

Comments are closed.