उद्योग र व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छ : मुख्यमन्त्री अधिकारी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्योग व्यवसायीको सफलताले समृद्ध नेपाल बनाउन सम्भव हुने बताएका छन् ।

होटल पौवाको ११औँ शाखाको आज पोखरामा उद्घाटन गर्दै मुख्यमन्त्री अधिकारीले उद्योग व्यवसाय सफल भएमात्र व्यवसायी सफल हुन्छन् र उनीहरुको सफलताले नै समृद्ध नेपाल निर्माण गर्न सहयोग पुग्ने बताएका हुन् ।

“मुलुक राजनीतिक अस्थिरतामा फसेको छ, युवा विदेश पलायनमा लागेका छन्”, मुख्यमन्त्री अधिकारीले भने, “सामूहिक लगानीमा सुरु गरेको व्यवसायले देशमा रोजगारीका अवसरसँगै व्यापार व्यवसायले मुलुकमा अर्थतन्त्रको विकास भई समृद्ध नेपालमा सहयोग पुग्दछ ।”

सामूहिक लगानीबाट गरिएको व्यवसायले देशमा रोजगारी सिर्जना गर्ने र यसबाट वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतालाई स्वदेशमै रोक्ने पनि उनले बताए ।

त्यस्तै, कार्यक्रममा पर्यटन व्यवसायी गणेश भट्टराईले राजनीनिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको बताए । उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु एक चुनौतीपूर्ण काम हो भन्दै यस्ता कार्यमा सरकारले आवश्यक सहयोग गरी व्यावसायिक वातावरण निर्माण गर्नुपर्ने सुझाव दिए ।

‘राजनीतिककर्मीहरु देश सञ्चालन भन्दा राजनीतिक भागबन्दामा लाग्दा युवा नागरिकहरुले नेपालमा भविष्य देखेनन्’  भट्टराईले भने, ‘राजनीतिकर्मीहरुले देश सञ्चालनमा ध्यान नदिदा राजनैतिक अस्थिरताले अर्थव्यवस्थामा असर परेको छ ।’ उनले देशको कठिन परिस्थितिमा पनि व्यवसायमा लगानी गर्नु आफैमा चुनौती पूर्ण रहेको बताउँदै धैर्य गरेर अगाडि बढे सफलता प्राप्त गर्ने बताए ।

jutta mela

‘मिशन सय’ यात्रामा निरन्तर अगाडि बढेको होटल पौवाले नेपालमा कम्तीमा पनि एक सय वटा होटल स्थापना गर्ने लक्ष्य लिएको छ । सो होटल व्यवस्थापनले गएको सात वर्षमा होटलको ११औँ शाखा पोखरामा सञ्चालनमा ल्याएको निर्देशक विष्णु ज्ञवालीले जानकारी दिए ।

सात वर्ष अगाडि रुपन्देहीको सालझन्डीबाट सुरु गरेको एक सय मिसनको यात्रा ११औँ शाखाका रुपमा पोखरामा सञ्चालन गर्न पाउँदा खुसी लागेको भन्दै उनले कर्णालीको जुम्लादेखि गण्डकीको पोखरासम्म गरी पाँच प्रदेशमा होटलको शाखा पुर्‍याएको बताए ।

उनले होटल पौवा प्रालीले १२औँ शाखा काठमाडौँमा खोल्ने तयारी गरेको जानकारी पनि दिए । करिब रु १० करोडको लगानीमा पौवा प्रालीले पोखराको लेकसाइड स्ट्रिट नम्बर १ मा होटल पौवा सञ्चालनमा ल्याएको हो ।

पौवाले आजदेखि तीन दिनसम्म होटलमा स्वाद उत्सवको आयोजना पनि गरेको छ । यसै क्रममा शनिबार गजलकार थानेश्वर गौतमको एकलसाँझको आयोजना गरिएको पनि होटल पौवा प्रालीले जानकारी दिएको छ ।

 

You might also like

Comments are closed.