काठमाडौं । होटल आगन्तुक धुलिखेलले दसैंलाई लक्षित गरी विशेष छुटसहितको अफर ल्याएको छ । होटलले ७ अक्टोबरदेखि १७ अक्टोबरसम्म लागु हुने गरी ‘अर्ली बर्ड अफर’ ल्याएको महाप्रवन्धक अन्जन बगालेले जानकारी दिए ।
होटलले प्रतिव्यक्त ६ हजार ६ सय ६६ रुपैयाँको प्याकेज ल्याएको हो । खाना, ट्याक्स र अनलिमिटेड स्न्याक्स यही अफरमा समावेश गरिएको छ । धुलिखेलको सुविधा सम्पन्न तथा सुन्दर वातावरणमा रहेको होटलमा बसेर दसैं विदा मनाउन चाहने पर्यटकका लागि निकै सस्तो र आकर्षक प्याकेज आफूहरुले ल्याएको बगालेले बताए । यो अफर अन्तर्गत होटल बुकिङ हुने क्रम जारी रहेको बगालले जानकारी दिए ।
होटल आगन्तुकमा ७२ वटा रुम छन् । अपार्टमेन्ट स्विट ४ वटा र २ वटा हलको सुविधा छ । स्विमिङ पुल, साउना, स्टिम लगायतको सुविधा होटलमा छ ।
स्तरीय सेवाका साथै रिसोर्टबाट देखिने सुन्दर दृश्यले पनि यहाँ आउन पर्यटक आकर्षित हुन्छन् ।
Comments are closed.