काठमाडौं । नेपालले प्रस्ताव गरे अनुसार संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने प्रस्ताव पारित भएको हुँदा देशमा आरोग्य पर्यटन प्रवद्र्धनले थप गति लिने होटल संघ नेपाल जनाएको छ ।
यस निर्णयले विश्व व्यापी रुपमा नेपाललाई आरोग्य पर्यटनको महत्वपूर्ण हिस्साको रुपमा प्रवद्र्धन गर्न सकिने र यसबाट वर्तमान नेपाली पर्यटन परिदृश्यको गुणात्मक सुधार हुने अपेक्षा गरिएको छ । यसबाट नेपाल आउने पर्यटकको संख्या वृद्धि हुने, पर्यटकको औषत वसाई लम्बिने र पर्यटकको दैनिक खर्चमा समेत वृद्धि भई मुलुकको अर्थतन्त्रमा समेत उल्लेख्य सुधार हुने विश्वास संघले लिएको छ ।
आरोग्य पर्यटनको प्रस्तावक राष्ट्रको हैसियतमा विश्व पर्यटन बजारमा नेपाल प्रमुख स्रोत गन्तव्यको रुपमा स्थापित हुने भएकोले नविन सोच, प्रभावकारी कार्यक्रम र परिणाममुखी व्यवस्थापन मार्फत नेपाललाई आरोग्य पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न हाल भइरहेको गतिविधि अझ व्यापक र प्रभावकारी ढंगमा गर्न सम्वद्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पक्ष सक्रिय हुने वातावरण बनेको संघले जनाएको छ ।
विगत लामो समयदेखि आरोग्य पर्यटनको क्षेत्रमा कार्य गरिरहेको होटल संघ नेपालले नेपाल सरकारको नेतृत्वमा आरोग्य पर्यटन सम्बन्धी रणनीतिक अवधारणापत्रको मस्यौदा तयारी गर्ने कार्यमा समेत सहकार्यका साथ सुझावहरु प्रस्तुत गरी कार्य गर्दै आएको संघले विज्ञप्तिमार्फत जनाएको छ ।
यसै सन्दर्भमा प्रत्येक वर्ष अप्रिल १५ मा संघको तर्फबाट समेत अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा विशेष कार्यक्रम सहित आरोग्य पर्यटन दिवस मनाउँदै यसको निरन्तर विकास, बिस्तार र प्रवद्र्धनमा सहयोग पु¥याइने संघले विज्ञप्तिमार्फत जनाएको छ ।






Comments are closed.