‘होटल दा फ्लेमिंगो’को रुफटपमा ‘भर्टिगो बार’

बुटवल । लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलस्थित योगिकुटीमा सञ्चालित ‘होटल दा फ्लेमिंगो’ले रुफटप ‘भर्टिगो बार’लाई पूर्ण रुपमा सञ्चालनमा ल्याएको छ । गत फागुन २७ बाट होटलले औपचारिक सेवा शुभारम्भ गरेको थियो । होटलसँगै सञ्चालनमा आएको भर्टिगो बार कोरोना महामारीसँगै लागु गरिएको लकडाउन पछि बन्द भएकोे थियो । पछिल्लो समय भर्टिगो बारसहित होटलका सम्पूर्ण सेवा सुचारु रहेको सञ्चालक दिलीप गौचनले जानकारी दिए । होटलको रुफटपमा रहेको भर्टिगो बार निकै आकर्षक छ । भर्टिगो रुफटप बारमा ४० जनाको क्षमता रहेको छ ।

होटलमा बुटवल क्षेत्रका स्थानीयदेखि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको गौचनले जानकारी दिए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५२ वटा रुम छन् । होटलमा ४ सय जना क्षमताको बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताका छन् । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध छन् । होटलमा पर्याप्त पार्किङको सुविधा छ ।

होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता छ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा छ । होटलले हेल्थ क्लब पनि छिट्टै सञ्चालनमा ल्याउने सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रकाश खनालले जानकारी दिए । बुटवल क्षेत्र तथा लुम्बिनी प्रदेशमा हुने सभा, सम्मेलन, सेमिनार, बिबाह, ब्रतबन्ध तथा पार्टीहरुका लागि मोनालिसा बैंक्युट हल उपयुक्त रहेको खनालले बताए । ‘हामीले स्तरीय सेवा प्रदान गरिरहेका छौं,’ उनले भने ।

You might also like

Comments are closed.