होटल दा फ्लेमिंगोमा ३१ डिसेम्बरमा लाइभ म्युजिकको मज्जा

बुटवल । होटल दा फ्लेमिंगो बुटवलले अँग्रेजी नयाँ वर्षको अवसरमा ३१ डिसेम्बरमा लाइभ म्युजिक पार्टी गर्ने भएको छ । अँग्रेजी नयाँ वर्ष २०२२ को स्वागतार्थ होटलमा विशेष कार्यक्रम गर्न लागिएको सञ्चालक दिलीप गौचनले जानकारी दिए ।

कार्यक्रममा कमेडियन साजन श्रेष्ठ, डि ट्युन्स ब्याण्ड तथा मोडल एण्ड डान्सर सहिर केसी एण्ड टिमको विशेष प्रस्तुति रहनेछ । ३१ डिसेम्बरमा होटलमा बस्न चाहने पाहुनालाई रुममा २५ प्रतिशत छुटको व्यवस्थासमेत गरिएको बताइएको छ ।

लाइभ म्युजिकमा सहभागीहरु मध्येबाट लक्की ड्रका आधारमा एक जना बिजेता छनोट गरी वान नाइटका लागि स्वीट रुम निःशुल्क प्रदान गरिनेछ । अन्य बिजेतालाई विशेष उपहारको व्यवस्था गरिएको सेल्स एण्ड मार्केटिङ म्यानेजर प्रकाश खनालले जानकारी दिए ।

jutta mela

होटलमा बुटवल क्षेत्रका स्थानीयदेखि बाहिरबाट आउने आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण देखिएको बताइएको छ । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५२ वटा रुम छन् । होटलमा ४ सय जना क्षमताको बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताका छन् । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध छन् । होटलमा पर्याप्त पार्किङको सुविधा छ ।

You might also like

Comments are closed.