होटल दा फ्लेमिंगोको आयोजनामा रक्तदान, ५२ पिन्ट रगत संकलन

बुटबल । बुटबलमा रहेको होटल दा फ्लेमिंगोको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ५२ पिन्ट रगत संकलन भएको छ ।

सामाजिक उत्तरदायित्व वहन गर्दै होटलको प्रि ओपनिङको पुर्वसन्ध्यामा कार्यक्रम गरिएको होटलका महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिए । होटलको सफ्ट ओपनिङ मार्च ११ (फागुन २७) मा हुनेछ ।

prime

कार्यक्रममा मणिमुकुन्द माध्यमिक विद्यालय, बुटबल हस्पिटालिटी कलेज, स्थानीय लगायतले सहयोग गरेका थिए । कार्यक्रमलाई प्राविधिक सहयोग बुटबल रेडक्रसको ब्लड बैंकले गरेको थियो ।

आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई निरन्तरता दिने अधिकारीले बताए । साथै कार्यक्रममा सहभागी भई सफल बनाउन सहयोग गर्ने सम्पुर्णमा अधिकारीले धन्यवाद ज्ञापन गरेका छन् ।

You might also like

Comments are closed.