‘होटल दा फ्लेमिंगो’, हस्पिटालिटी क्षेत्रमा उदाहरणीय सेवा दिने प्रतिबद्धता

बुटवल । हस्पिटालिटी क्षेत्रमा उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा ‘होटल दा फ्यामिंगो’ खुल्ने भएको छ । यही फागुन २७ गते शिवरात्रीको दिनबाट होटलको सफ्ट ओपनिङ हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

युवा व्यवसायी दिलीप गौचनले होटल सञ्चालनमा ल्याएका हुन् । होटलको उच्च व्यवस्थापनमा उनले हस्पिटालिटी क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुलाई नियुक्त गरिसकेका छन् । ‘लामो समयको प्रतिक्षापछि बुटवल क्षेत्रकै उत्कृष्ट होटल हामीले सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उनले भने, ‘यो होटल आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’ बुटवल क्षेत्रमा स्तरीय कार्यक्रम गर्न, पार्टी तथा सेमिनार आयोजना गर्नका लागि पनि होटल उचित गन्तव्य बन्ने उनको विश्वास छ ।

बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सफ्ट ओपनिङका लागि सम्पूर्ण तयारी पुरा भएको महाप्रवन्धक काशीराम अधिकारीले पत्रकार सम्मेलनमा जानकारी दिए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् ।

होटलमा ४ सय जना क्षमताको एउटा बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताको छन् । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध छन् । होटलमा पर्याप्त पार्किङको सुविधा छ ।

होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जना क्षमता रहनेछ ।

You might also like

Comments are closed.