बुटवल । बुटवलको योगिकुटीमा रहेको ‘होटल दा फ्लेमिंगोले नेपाली नयाँ वर्ष २०७८ को अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरेको छ । वैशाख १ गते बुधबार साँझ ६ बजेदेखि १० बजेसम्म कार्यक्रम हुनेछ । कार्यक्रममा चर्चित गायक सविन राई र उनको टिम तथा स्ट्याण्डअप कमेडियन आदर्श मिश्र लगायतको प्रस्तुती रहने महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिए ।
कार्यक्रममा सहभागी हुनका लागि एक जनाले २ हजार रुपैयाँ, २ जनाले ३ हजार ५ सय रुपैयाँको टिकट काट्नुपर्छ । रुम बुक गरेर कार्यक्रममा सहभागी हुँदा ७ हजार रुपैयाँको टिकट लिनुपर्नेछ । टिकटमा गाला डिनर र वेलकम ड्रिङग्स समावेश गरिएको छ । कार्यक्रममा सहभागीहरु मध्येबाट लक्की ड्र गरी आकर्षक पुरस्कार व्यवस्था गरिएको अधिकारीले जानकारी दिए ।
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बुटवलमा गत महिनाबाट होटल सञ्चालनमा आएको हो । बुटवल क्षेत्र तथा लुम्बिनी प्रदेशमा हुने सभा, सम्मेलन, सेमिनार तथा पार्टीहरुका लागिसमेत होटल उत्कृष्ट गन्तव्य बनिरहेको सञ्चालक दिलीप गौचनले बताए । ‘हामीले होटलबाट स्तरीय सेवा प्रदान गर्न सफल छौं,’ उनले भने ।
होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् । होटलमा ४ सय जना क्षमताको एउटा बैंक्युट हल छ भने २ वटा कन्फरेन्स हल छन् । कन्फरेन्स हल सय जना क्षमताको र ३० जना क्षमताको छन् । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध छन् । होटलमा पर्याप्त पार्किङको सुविधा छ ।
होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा छ । भर्टिगो रुफटप बारमा ४० जनाको क्षमता छ ।
Comments are closed.