होटल पोखरा गुडविलद्वारा सेवा सुरु, ५० प्रतिशत छुटमा मनसुन अफर

पोखरा । होटल पोखरा गुडविल प्रा.लि.ले नयाँ व्यवस्थापनबाट सेवा सञ्चालनमा ल्याएको छ । सुन्दर नगरी पोखराको लेकसाइडमा रहेको होटलले कोरोनाको विषम परिस्थितिलाई मध्यनजर गर्दै विशेष छुटसहित ‘मनसुन अफर’समेत ल्याएको छ । अफर अन्तर्गत ५० प्रतिशत छुटमा सेवा प्रदान गरिने सञ्चालक विन्दा रायमाझीले जानकारी दिइन् ।

होटलले डिलक्स रुमको प्रति व्यक्ति २ हजार रुपैयाँको प्याकेज सार्वजनिक गरेको छ । यो प्याकेजमा ब्रेकफास्ट, डिनर लगायतको सुविधा उपलब्ध रहेको रायमाझीले जानकार दिइन् । ‘स्विटमा समेत ५० प्रतिशत छुट र स्पामा ४० प्रतिशत छुटको सुविधा उपलब्ध छ,’ उनले भनिन्, ‘देशका विभिन्न ठाउँबाट पोखरा घुम्न आउने पर्यटकलाई लक्षित गरी विशेष छुटमा सेवा प्रदान गर्न लागिएको हो ।’ होटल बुकिङ गर्नका लागि मोबाइल नं. 9856000618 मा सिधा फोन गर्न सकिने बताइएको छ ।

होटल गुड विलले पोखरा क्षेत्रको सुविधा सम्पन्न बुटिक होटलको पहिचान बनाएको छ । हस्पिटालिटी क्षेत्रमा लामो समयको अनुभव संगालका व्यक्तिहरुको व्यवस्थापनबाट सञ्चालन भएपछि गुडविलमा धेरै पर्यटकको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

होटलमा ४२ वटा रुम छन् । जसमध्ये ६ वटा स्विट र बाँकी सुपर डिलक्स रुम छन् । होटलमा एउटा मिटिङ हल, दुई वटा कन्फरेन्स हल छन् । होटलसँगै गुडविल स्पाको सुविधा पनि उपलब्ध छ । ‘होटलबाट हिमाल देखिन्छ र ताल पनि देखिन्छ,’ सञ्चालक रायमाझीले भनिन्, ‘भक्तपुरका इटाले बनाइएको टिपिकल होटलको मज्जा यहाँ प्राप्त गर्न सकिन्छ ।’

रायमाझीले अन्नपूर्णमा हिमालय देउराली रिसोर्टसँगै हिमालय देउराली पशु फर्म पनि सञ्चालन गरिरहेकी छन् । ‘हामी पाहुनालाई होटलमा स्वागत गर्न आतुर छौं,’ उनले भनिन् ‘यहाँ आउनुभएका पाहुनालाई न्यानो आतिथ्यता प्रदान गरेर पूर्ण सन्तुष्ट बनाउनेछौं ।’

You might also like
Ram Tulasi Palpa

Comments are closed.