काठमाडौं । काठमाडौंको ठमेलमा रहेको होटल जाम्पाले क्रिसमस तथा न्यु इयर २०२१ को विशेष अफर सार्वजनिक गरेको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी विशेष छुटसहितको प्याकेज सार्वजनिक गरिएको सञ्चालक प्रकाश लामाले जानकारी दिए ।
एक रातको लागि सिंगल अकुपेन्सीको २ हजार ५ सय रुपैयाँ, डबल अकुपेन्सीको ३ हजार रुपैयाँ र त्रिपल अकुपेन्सी ४ हजार रुपैयाँको प्याकेज होटलले सार्वजनिक गरेको हो । रेष्टुरेन्ट तथा फुड एण्ड बेभरेजमा १० प्रतिशत छुट हुनेछ ।
‘छुटका कारण आन्तरिक पर्यटकको होटलमा आकर्षण बढ्ने विश्वास लिएका छौं,’ लामाले भने, ‘यो अफर जनवरी अन्तिमसम्म लागु हुनेछ ।’ होटलमा ३८ वटा रुम छन् । लिफ्टको सुविधा रहेको होटलमा डिलक्स, सुपर डिलक्स, स्विट र फेमिली रुम छन् । गार्डेन र पार्किङको सुविधा रहेको होटलमा रेष्टुरेन्ट तथा बारको पनि व्यवस्था छ ।








Comments are closed.