सुशीला रेग्मी/रामपुर (पाल्पा) । रामतुलसी नमुना माध्यमिक विद्यालय रामपुर पाल्पामा हाेटल म्यानेजमेन्ट विषय पठनपाठन हुने भएको छ । कक्षा ११ र १२ मा व्यवस्थापन सङ्ख्या अन्तर्गत हाेटल म्यानेजमेन्ट विषय पठनपाठन गर्ने तयारी भइरहेको छ ।
साे सम्बन्धमा आज विद्यालयमा पत्रकारलाई जानकारी दिइएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठले नया विषय थप गरिएको जानकारी दिदै यसकाे तयारीमा विद्यालय लागेको बताए । पुर्वाधार तयारी अवस्थामा रहेको र करिव ३० लाख बढिकाे ल्याव निर्माण गरेर कक्षा सुरु गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विद्यालयमा अध्ययन सकेर अन्यत्र जाने तयारीमा रहेका विद्यार्थी तथा उनीहरुका अभिभावकले हाेटल म्यानेजमेन्ट सम्बन्धि पढ्न चासाे दिने गरेकाले यसवर्ष देखि नया विषय थप गर्न लागेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए ।
विद्यालय शिक्षा सकेर अन्यत्र पढ्न गएका विद्यार्थीले हाेटल म्यानेजमेन्ट सम्बन्धि पढ्ने धेरै पाइएकाले याे क्षेत्रका विद्यार्थीलाई मध्यनजर गर्दै नया विषय सुरु गरेर कक्षा चलाउने तयारीमा जुटेको प्रअ लम्साल बताउछन् । शैक्षिक क्षेत्रमा नया ईट्टा थप्ने याेजनाले नया पठनपाठन सुरु गरिएको हाे । यस विद्यालयमा हाल करिव २७ सय बढि विद्यार्थी अध्ययनरत छन् ।
Comments are closed.