पोखरा । पोखराको पाँचतारे होटल ‘पोखरा ग्राण्ड’को रेजिडेन्शियल म्यानेजर पदमा तोयानाथ पौडेल नियुक्त भएका छन् । उनले आफ्नो औपचारिक जिम्मेवारी समेत सम्हालिसकेका छन् । हस्पिटालिटी क्षेत्रमा २० वर्षदेखि सक्रिय पौडेलको यो नियुक्तिसँगै होटलको सेवा प्रवाह, व्यवस्थापकीय उत्कृष्टता र ग्राहक सेवालाई थप उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।
पर्यटन तथा होटल व्यवस्थापन क्षेत्रमा पौडेललको व्यवस्थापकीय क्षमतामा अब्बल मानिन्छ । यसअघि देशका विभिन्न प्रतिष्ठित होटल तथा रिसोर्टहरूमा उच्च व्यवस्थापकीय जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेका उनका व्यावसायिक अनुभवहरूले पोखरा ग्राण्डको सेवालाई अझ बढी परिष्कृत बनाउन महत्वपूर्ण मद्दत पुग्ने विश्वास गरिएको छ । हाल पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरूको चहलपहल बढिरहेको बेला अनुभवी नेतृत्वको आगमनलाई निकै महत्त्वका साथ हेरिएको छ ।
होटल व्यवस्थापनले पौडेलको नेतृत्वमार्फत पाहुनाहरूलाई अझ बढी पर्यटनमैत्री, आधुनिक र गुणस्तरीय सेवा प्रदान गर्नेमा दृढ विश्वास व्यक्त गरेको छ । यसले समग्र पोखराको पर्यटन उद्योगमा सकारात्मक संदेश प्रवाह गर्ने अपेक्षा गरिएको छ ।

‘पोखराको पर्यटन र आतिथ्य सत्कार क्षेत्रमा पोखरा ग्राण्डको आफ्नै विशिष्ट पहिचान र गरिमा छ । मलाई जुन जिम्मेवारी सुम्पिएको छ, त्यसलाई सम्पूर्ण टिमको सहकार्यमा इमानदारीपूर्वक निर्वाह गर्दै यस पाँचतारे होटलको सेवालाई अन्तर्राष्ट्रियस्तरको बनाउन मेरो सम्पूर्ण प्रयास रहनेछ । हाम्रा पाहुनाहरूलाई उत्कृष्ट र स्मरणीय आतिथ्य अनुभव प्रदान गर्नु नै मेरो मुख्य प्राथमिकता हुनेछ,’ उनले भने ।
पौडेलको अनुभवी र कुशल नेतृत्वले पोखरा ग्राण्डको आन्तरिक कार्यक्षमता अभिवृद्धि हुनुका साथै समग्र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धनमा समेत गति दिने विश्वास लिइएको छ ।




Comments are closed.