दुर्गा प्रसाईंको लगानीमा झापामा खुल्दैछ पाँचतारे होटल, ३ अर्ब लगानी

सुरेन्द्र  पौडेल, झापा । व्यवसायी दुर्गा प्रसाईंको लगानीमा नेपालको पूर्वि जिल्ला झापामा पाँचतारे होटल सञ्चालनमा आउने भएको छ । सन् २०२२ सम्म सञ्चालनमा ल्याउने गरी ‘होटल एट्रियम’ निर्माणको काम भइरहेको प्रसाईंले आर्थिक आवाजलाई जानकारी दिए । ‘होटल निर्माणको काम ८० प्रतिशत सकिएको छ,’ प्रसाईंले भने ।

६ बिगा जमिनमा होटल निर्माण भइरहेको छ । १ सय ५० वटा रुम रहने होटलमा ३ अर्ब रुपैयाँ लगानी हुने प्रसाईंले जानकारी दिए । क्यासिनो, बैंक्युटसहित पाँचतारे होटलमा हुनुपर्ने सम्पूर्ण सेवा तथा सुविधा होटलमा उपलब्ध हुनेछन् । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागेको प्रसाईले बताए ।

सीमा क्षेत्रबाट नजिक भएकाले होटलमा भारतीय पर्यटकको आकर्षण हुनेमा प्रसाईं विश्वस्त छन् । ‘भारतीयसहित विदेशी पर्यटकलाई लक्षित गरी क्यासिनो सञ्चालनमा आउनेछ,’ उनले भने । पर्यटनका दृष्टिकोणले नेपाल संसारमै सस्तो गन्तव्य रहेको जिकिर गर्दै प्रसाईंले देशको समृद्धिका लागि जतिसक्दो धेरै पर्यटक भित्र्याउनुपर्ने बताउँछन् । ‘सकेसम्म धेरै पर्यटकलाई नेपाल ल्याएर विदेशी पैसा आर्जन गर्न हामी लाग्नुपर्छ,’ उनले भने, ‘सरकारले पनि पर्यटन प्रवद्र्धन तथा लगानीमा जोड दिनुपर्छ ।’

jutta mela

पूर्वी नेपालमा एसियाकै उत्कृष्ट स्तरको होटल आफूले निर्माण गरिरहेको बताउँदै उनले होटल निर्माण पछि पर्यटन क्षेत्रमा नयाँ आयाम थपिने विश्वास व्यक्त गरे । होटल सञ्चालनमा आएपछि करिब ५ सय जनाले रोजगारी पाउने उनले जानकारी दिए ।

प्रसाईले झापामा दक्षिण पूर्वि एसियाकै उत्कृष्ट क्यान्सर हस्पिटलसमेत सञ्चालनमा ल्याइसकेका छन् । अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सुविधा सम्पन्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचारका लागि देश तथा विदेशबाटसमेत बिरामी आउने गरेको बताउँदै प्रसाईले अब झापा स्वास्थ्य र पर्यटनको हब बन्ने दावी गर्छन् । ‘झापालाई मेडिकल टुरिजमको हब बनाउन म सक्रिय बनेको छु,’ उनले भने, ‘यो अभियानमा सबै नेपालीको साथ आवश्यक छ ।’ प्रसाईको जन्मथलोसमेत झापा हो ।

हस्पिटल, होटलसँगै मेडिकल कलेज, उद्योग, हाउजिङ, जलविद्युत लगायतको क्षेत्रमा प्रसाईंले लगानी विस्तार गरिरहेका छन् । उनको लगानी रहेका व्यावसायिक कम्पनीहरु मार्फत अहिले झण्डै ४ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।

You might also like

Comments are closed.