नेपाली र कोरियन स्वादको समिश्रणमा बजारमा आयो ‘हटपट’ चाउचाउ

पोखरा । पोखरा नुडल्सले नेपाली र कोरियन स्वादको समिश्रणमा ‘हटपट’ ब्राण्डको चाउचाउ बजारमा ल्याएको छ । डेढ वर्षको अनुसन्धान पछि फरक स्वादको हटपट चाउचाउ बजारमा ल्याइएको पोखरा नुडल्स प्रालिका अध्यक्ष श्रीराम पाण्डेले जानकारी दिए ।

‘उपभोक्ताको रोजाईलाई मध्यनजर गर्दै बिगत डेढ वर्ष अनुसन्धान र खोज गर्दै फरक स्वादको हटपट चाउचाउ पोखराको बजारमा आएको हो,’ उनले भने । ‘कोरियन चाउचाउको स्वाद बढि रुचाइएकाले नेपाली र कोरियन स्वादको समिश्रणको रुपमा हटपट चाउचाउ बजारमा ल्याएका हौं । यो चाउचाउ नेपाली उपभोक्ताको रोजाईमा पर्ने विश्वास गरेका छौं ।’

चाउचाउमा कोरियन र नेपाली स्वादको समीश्रण रहेको कार्यकारी निर्देशक बाबुराम पन्तले बताए । ‘यो चाउचाउ सुख्खा बनाएर खाने नभई सुप बनाएर खाने चाउचाउ हो,’ उनले भने । सुप बनाउँदा एक प्याकेट चाउचाउमा ४०० देखि ४५० मिलिलिटर पानी राखेर पकाउँदा उत्कृष्ट स्वाद आउने पन्तले जानकारी दिए । ‘यसको सुपको स्वाद कोरियन फ्लेभरमा त छदैछ साथै चाउचाउको रेसा पनि कोरियन रामेनको जस्तो हुन्छ,’ उनले भने ।

पोखरामा आजदेखि बजारमा आएपनि काठमाडौंलगाएत अन्य ठाउँमा भने एक हप्तापछि उपलब्ध हुने पाण्डे बताउँछन् । उनका अनुसार एक प्याकेटमा यो चाउचाउ १ सय ग्राम हुनेछ र यसको मुल्य ५० पर्ने पर्नेछ ।

अहिले बनेको चाउचाउ चिकेन फ्लेभरमा भएपनि छिट्टै भेजिटेबल फ्लेभरमा निकालिने पोखरा नुडल्सका अध्यक्ष श्रीराम पाण्डे बताउँछन् । साथै धेरै पिरो मन पराउनेका लागि पनि छिट्टै टु एक्स इस्पाईसी (द्दह् क्उष्अथ) बजारमा उपलब्ध हुने उनको भनाई छ । पोखरा नुडल्सका विभिन्न चाउचाउ अहिले पनि नेपाल तथा विदेशमा मन पराएको पाईन्छ । रम्बा, बोनस, जोजो जस्ता चाउचाउ पोखरा नुडल्सले उत्पादन गरिसकेको छ ।

You might also like

Comments are closed.