ट्यालेन्ट कनेक्ट्सको ‘एचआर सफ्टवेयर

काठमाडौं । एचआर टेक कम्पनी ट्यालेन्ट कनेक्ट्सले आफ्नो नयाँ ‘एचआर सफ्टवेयर’ सार्वजनिक गरेको छ । एप्लिकेन्ट ट्रयाकिङ सिस्टम (एटीएस) को सफल कार्यान्वयनपछि कम्पनीले पेरोल, परफर्मेन्स म्यानेजमेन्ट र एचआर अटोमेसन समेटिएको पूर्ण एचआर समाधान बजारमा ल्याएको हो ।

कम्पनीले दुई वर्षअघि नेपालमै पहिलोपटक लिंक्डइन एकीकृत एटीएस प्रणाली सार्वजनिक गरेको थियो, जसले धेरै संस्थाको मन जितेको थियो । एटीएस प्रयोग गरिरहेका कम्पनीहरूले पेरोल र परफर्मेन्स ट्रयाकिङको माग गरेपछि नयाँ एचआर सफ्टवेयर विकास गरिएको ट्यालेन्ट कनेक्ट्सका प्रबन्ध निर्देशक दिवस थापाले जानकारी दिए। उनका अनुसार एटीएसको सफलतापछि करिब ६ महिनाको विकास प्रक्रियापछि प्रडक्ट लाइभ गरिएको हो ।

हाल बजारमा उपलब्ध धेरै एचआर सफ्टवेयरमा फिक्स्ड मोड्युल मात्र हुने र कस्टमाइजेसनको सुविधा सीमित रहने समस्या रहेको कम्पनीको भनाइ छ । तर ट्यालेन्ट कनेक्ट्सको एचआर सफ्टवेयर भने देशको कानुनी व्यवस्था र कम्पनीको आन्तरिक नीति अनुसार कस्टमाइज गर्न सकिनेछ । केपीआई सेट गरेर कर्मचारीको कार्यसम्पादन ९परफर्मेन्स० ट्रयाकिङ गर्न सकिने सुविधा पनि यसमा समावेश गरिएको छ ।

यस सफ्टवेयरको मुख्य विशेषता मल्टी कन्ट्री र मल्टी करेन्सी सपोर्ट हो । नेपाल बाहिर सेवा विस्तार गर्न खोजिरहेका कम्पनी वा बहुराष्ट्रिय कम्पनीहरूका लागि यो समाधान उपयोगी हुने कम्पनीको दाबी छ ।

सार्वजनिक भएको अवसरमा कम्पनीले २० प्रतिशत छुटको अफर पनि ल्याएको छ। ट्यालेन्ट कनेक्ट्स नेपालसहित अमेरिकामा सञ्चालनमा छ । कम्पनीका सफ्टवेयर र कन्सल्टिङ सेवा नेपाल, अमेरिका, क्यानडा, भारत, बेलायत र बंगलादेशका ३०० भन्दा बढी संस्थाले प्रयोग गरिरहेका छन् । कम्पनीले पहिलो सिजनको शार्क ट्यांक नेपालबाट ३।५ करोड लगानीसमेत जुटाएको थियो ।

You might also like

Comments are closed.