हिमालयन लाइफ इन्स्योरेन्सको नाफा घट्दा प्रतिशेयर आम्दानीमा कमी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLICL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ।

वित्तीय विवरणअनुसार कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा ५४ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.७१ प्रतिशतले कम हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६३ करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जन बीमाशुल्क ६.६० प्रतिशतले बढेको छ भने कुल आम्दानी १२.०४ प्रतिशतले वृद्धि भएको देखिन्छ। त्यस्तै, खुद दाबी भुक्तानी ९.१५ प्रतिशत र कुल खर्च ८.१२ प्रतिशतले बढेको छ।

नाफामा कमी आएसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। समीक्षा अवधिमा EPS १ रुपैयाँ ९२ पैसा घटेर ५ रुपैयाँ ९८ पैसामा सीमित भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E ratio) ६८.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ रहेको छ। यसबाहेक कम्पनीको महाविपत्ती कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७० करोड २९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी १४ करोड ४३ लाख रुपैयाँ ऋणात्मक देखिएको छ।

You might also like

Comments are closed.