मुख्यमन्त्रीद्वारा पोखरामा हब कोअपरेटिभको सेवा केन्द्र उद्घाटन

पहिलो दिनमै ५ करोड निक्षेप संकलन

पोखरा । नेपालमा डिजिटल प्रविधि मार्फत सहकारीहरुको आर्थिक कारोबार गर्ने गराउने उद्धेश्यले काठमाडौमा स्थापित हब कोअपरेटिभ सर्भिस लिमिटेडले कास्की सेवा केन्द्रको शुभारम्भ गरेको छ । शुक्रबार एक कार्यक्रमकाबिच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उद्घाटन गरे ।

हब कोअपरेटिभको यो पहिलो शाखा हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले वित्तीय कारोबारलाई पूर्ण रुपमा प्रविधिकरण गरी सहज र सुरक्षित सेवा प्रदान गर्न ढिलो गर्न नहुने बताए । उनले हब कोअपरेटिभले विकास एवम् प्रवर्धन गरेको प्रविधिमा जोडिएर आफ्ना आर्थिक कारोबारहरुलाई पारदर्शी, सर्वसुलभ एवम् सुरक्षित बनाउन सहकारीहरुलाई आग्रह गरे ।

हब कोअपरेटिभले सहकारीहरुमा राष्ट्रिय एवम अन्तराष्ट्रिय विप्रेषण सेवा, रकमान्तर, भुक्तानी तथा फछर्यौट सेवा, क्लियरिंङ, मोबाईल बैंकिंङ, बैंक एवम् सहकारीबिच रकमान्तरण र विलहरु भुक्तानीका सेवाहरु उपलब्ध गराइरहेको छ ।

jutta mela

संस्थाले नेपालभर कार्यक्षेत्र रही देशका जुनसुकै स्थानमा रकम पठाउन वा प्राप्त गर्न सक्ने संस्थागत व्यवस्था मिलाईएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले बताए । ‘यस संस्थाले नेपाल भर सातवटै प्रदेशका १५ वटा जिल्लाहरुमा आफ्नो सेवा विस्तारका लागि नेपाल सरकारबाट अनुमति लिइसकेको र संस्थाले आगामी तीनवर्ष भित्र सहकारीहरु मार्फत २० लाख व्यक्तिहरुमा विद्युतीय कारोबार सेवाको पहुँच पु¥याउने लक्ष लिएको छ’ पौडेलले भने ।

सेवा शुुभारम्भको दिनमै पोखराका विभिन्न २० वटा सहकारी संस्थाहरु आबद्ध भई ५ करोड निक्षेप संकलन भएको पौडेलले जानकारी दिए ।

कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेड कास्कीका अध्यक्ष सावित्रा कोईराला, नेफ्सकुन संचालक कमला गिरी, संविधान सभा सदस्य प्रकाश पौडेल लगायतले संस्थाको सफलताको शुभकामना ब्यक्त गरे ।

संस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव राजेन्द्र पौडेलले कार्यक्रम संचालन गरेका थिए भने धन्यबाद ज्ञापन जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष सहकारी अभियन्ता रविरमण तिवारीले गरेका थिए ।

You might also like

Comments are closed.