काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी बिगत १६ वर्षदेखि सञ्चालित हब इन्टरनेशनल एजुकेशनले शाखा बिस्तार गरेको छ । प्रा.लि.को छैटौं शाखा ललितपुरको कुमारीपाटनमा सञ्चालनमा आएको छ । शाखाको आइतबार एक कार्यक्रमबीच ललितपुर महानगरपालिका उपमेयर गीता सत्यालले उद्घाटन गरिन् ।
हब इन्टरनेशनलले उच्च शिक्षा अध्ययनका लागि युएसए, अष्ट्रेलिया, युके, आयरल्याण्ड, न्युजिल्याण्ड, क्यानडा र इण्डिया जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको छ । हबको ललितपुर शाखाको नेतृत्व कविराज थापाले गरेका छन् ।
सन् २००६ सालमा स्थापित हबले धेरै विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल भएको अध्यक्ष उद्धवबहादुर खड्काले बताए । प्रधान कार्यालय काठमाडौंको बागबजारमा रहेको हब इन्टरनेशनलका अन्य शाखाहरु पोखरा, चितवन, दमक, दमौली र बुटवलमा छन् ।
हबको कर्पोरेट कार्यालय अष्ट्रेलियाको पर्थमा छ भने अन्य अन्तर्राष्ट्रिय शाखाहरु युके, श्रीलंका, भियतनाम, फिलिपिन्स र पाकिस्तानमा छ ।
Comments are closed.