तामिलनाडुमा हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्दै, २० हजार करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं – दक्षिण कोरियाली अटो कम्पनी ‘हुण्डाई’ले भारतको तमिलनाडु राज्यमा आफ्नो दीर्घकालीन लगानी योजना घोषणा गरेको छ । कम्पनीले आगामी १० वर्ष कोे अवधिमा चरणवद्ध रूपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारीसाधनहरू र वाहन प्लेटफर्मको आधुनिकीकरणमा थप सक्रिय रहने बताएको छ ।

हुन्डाई मोटर्स इण्डियाका एमडी तथा सीईओ उन्सू किम, गाइडेन्स तामिलनाडुका एमडी तथा सीईओ थिरु भी. विष्णु आईएएसबीच तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनको उपस्थितिमा सम्झौता गरिएको हो । उक्त अवसरमा अर्थमन्त्री थंगम थेनारसु, उद्योग, लगानी प्रवद्र्धन र वाणिज्य मन्त्री टीआरबी राजा लगायत तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीको उपस्थिती थियो ।

कार्यक्रममा हुन्डाई मोटर्सका सीईओ किमले दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा, तामिलनाडुलाई भारतमा हुन्डाइको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएको बताए । ‘यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ, ’ उनले भने ।

jutta mela

कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने लक्ष्य राखेको उनको भनाइ छ । हुन्डाईले वार्षिक १ लाख ७८ हजार व्याट्री एसेम्बल गर्ने इकाइको स्थापना गर्ने बताइएको छ । त्यस्तै ५ वर्षको अवधिमा प्रमुख राजमार्गका प्रमुख स्थानमा १०० इभी चार्जिङ स्टेशनहरू स्थापना गर्ने कम्पनीको भनाइ छ।

हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पु¥याउने र श्रीपेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारीसाधन उत्पादन गर्ने बताइएको छ ।

You might also like

Comments are closed.