नाडा इभी एक्स्पोमा हुन्डाई नेपालले पायो ‘बेस्ट स्टल’ अवार्ड

काठमाडौं । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालद्वारा आयोजित इभी एक्स्पो सम्पन्न भएको छ । ४ दिनसम्म चलेको इभी एक्स्पोमा बेस्ट स्टलको अवार्ड हुन्डाई नेपालले प्राप्त गरेको छ ।

थ्रि ह्वीलर र फोर ह्विलर क्याटागोरीमा हुन्डाईले बेस्ट स्टल अवार्ड जित्न सफल भएको हो । आकर्षक, मिनिङफुल लगायत विभिन्न मापदण्डलाई मध्यनजर गर्दै मूल्यांकन कमिटिले हुन्डाईलाई बेस्ट स्टल छनोट गरेको हो ।

आइतबार आयोजित समापन कार्यक्रममा हुन्डाईलाई अवार्ड प्रदान गरिएको छ । हुन्डाईले एटु स्टल लिएको थियो । उक्त स्टुलमा हुन्डाईको विद्युतीय गाडी कोना र आयोनिक-५ प्रदर्शन गरिएको थियो ।

हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि हो ।

lcci
You might also like

Comments are closed.