हुण्डाईको विद्युतीय गाडीमा अफर योजना

काठमाडौं ।  नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी Kona तथा Ioniq 5 को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ ।

One more Reason to go Electric नारा सहितको यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी Kona तथा Ioniq 5 को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड  Bosch को वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सक्नेछन् ।

समय सापेक्ष योजनाहरु मार्फत आफ्ना ग्राहकहरुको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले सधैं आकर्षक योजनाहरु बजारमा ल्याउँदै आएको छ्र । अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरुको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ्र ।

हुण्डाई Kona तथा Ioniq 5 नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनहरुले ग्राहकहरुको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वासनियताले Kona तथा Ioniq 5 विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ ।

विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद रसर्भिसिङको सेवा दिँदै आएको छ ।

 

You might also like

Comments are closed.