काठमाडौं । नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लिले ह्याच व्याक सेग्मेन्टमा आफ्नो लोकप्रिय मोडल ग्रान्ड मोडल आई १० नियोसको फेसलिफ्ट भर्सन भित्राएको छ । हुण्डाई ग्रान्ड मोडल आई १० नियोसको पूर्व मोडल पनि नेपालमा धेरै बिक्ने कार बनेको थियो ।
अझ बढी परिस्कृत, आरामदायी र नबिनतम फिचरले भरिएको नयाँ ग्रान्ड आई १० नियोस कम्पनीले प्रवर्धन गरे जस्तै“More. The Merrier” छ । पूर्व मोडलको तुलनामा ह्याचव्याकको प्रतिस्पर्धी बजारमा यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू र सुरक्षा जस्ता विभिन्न विशेषताहरुका कारण नयाँ आयाम स्थापित गर्ने विश्वास कम्पनीले लिइएको छ ।
हुण्डाई ग्राण्ड आइ १० निओस् समयसापेक्ष प्रस्तुती र अत्याधुनिक विशेषताहरू सहित तयार गरिएका छ । गाडीको पछिल्लो भागमा यो सेगमेन्टमै पहिलो पटक राखिएको विस्तारित एलइडी टेल लाइटस् जडित लाइटबारले नयाँ ग्राण्ड आई १० नियोसलाई विशिष्ट स्वरूप दिएको छ ।
त्यस्तै ग्रान्ड आई १० नियोसको अघिल्लो भागमा रहेको Painted Black Radiator Grille / LED Daytime Running Lamps (DRLs) ले गाडीलाई अझ बढी स्टाइलिस र स्पोर्टियर बनाएको छ । साथै यसको १५ इन्च Dual Tone Styled Steel Wheel, Projector Head Lamps, Shark Fin Antenna / Roof Rail ले ग्रान्ड आई १० नियोसलाई अझ बढी आकर्षक बनाएको छ ।
सुरक्षाको हिसाबले नयाँ ग्रान्डआई १० नियोस पहिले भन्दा पनि बढी परिष्कृत र नबिनतम भएको छ । पहिले भन्दा अझ बलियो र सुरक्षित Advanced High-Strength Steel (AHHS) द्वारा तयार गरिएको नयाँ ग्रान्ड आई १० नियोस मा चालक तथा यात्रुको सुरक्षाको लागि ४ ओटा Airbags, Tyre Pressure Monitoring System, Automatic Headlamps, Electronic Stability Control (ESC), Vehicle Stability Management (VSM), Hill-Start Assist Control (HAC), Rear Parking Camera with Display on Audio लगायतका विशिष्ट फिचरहरु समावेश गरिएको छ । साथै यो फेसलिफ्ट मोडलमा Speed alert system, burglar alarm, rear defogger, impact sensing auto door unlock, speed sensing auto door lock, headlamp escort system सँगै Emergency stop signal लगायतका प्रविधि सम्पन्न सुरक्षा विशेषता रहेका छन् ।
नयाँ ग्रान्ड आई १० नियोसकोDual Tone Grey interior, Semi Fabric Seat दिएको छ भने Tilt Steering, Cooled Glove Box, Footwell Lighting, 8’’ Infotainment System, Rear USB Chargerले चालक र प्यासेन्जरलाई आरामदायी यात्राको अनुभव गराउने छ ।
थप विशेषताको कुरा गर्दा यसमा रहेकोWireless Phone Charger, Fast USB Type C Charger, Cruise Control, Voice recognition, Apple CarPlay / Android Auto फिचरहरुका कारणले प्रविधिमैत्री कारको रूपमा पनि छुट्टै मानक स्थापित गरेको छ । त्यस्तै चालकको सुविधाको लागि नयाँ ग्रान्डआइ १० नियोसमा digital instrument cluster मा रहेको Multi-Info Display (MID) feature बाटfuel economy, average vehicle speed, service reminder जस्ता अन्य जानकारी लिन सकिन्छ ।
नयाँ ग्रान्डआई १० नियोस 1.2 L Petrol Engine पावरमा उपलब्ध छ । 165 mm को Ground Clearance रहेको यो Hatchback को पावरसँगै उत्कृष्ट पर्फर्मेन्सको कारण यसमा उत्साहजनक ड्राइभिङ्ग अनुभव पाउन सक्नेछन्न् MT option मा Era, Magna / Sportz भेरीयन्ट र AMT option मा Magna / Sportz भेरीयन्ट उपलब्ध रहने नयाँ ग्रान्ड आई १० नियोसको प्रारम्भिक मूल्य रु.२९.९६ लाख कायम गरिएको छ ।
नयाँ ग्रान्ड आई १० नियोस ले नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ आशा र उत्साहको सञ्चार गर्ने विश्वास कम्पनीले लिएको छ । हुन्डाई नेपाल उत्कृष्ट कारहरु संगै आकर्षक अफर, सर्वोत्कृष्ट ग्राहक सेवा र आफ्टर सेल्स सर्भिसका लागि चिर परिचित रहेको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।
Comments are closed.