काठमाडौं । हुन्डाई गाडीको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालका विभिन्न भागमा हालसम्म २१ वटा चार्जिङ पोइन्टहरुको स्थापना गरेको छ । इलेक्ट्रिक भेइएकल (विद्युतीय गाडी) को क्षेत्रमा नयाँ सोचका साथ काम गर्ने उद्देश्यसहित अगाडि बढेको हुन्डाईले देशका अन्य ठाउँमा पनि चार्जिङ स्टेसन बढाउने तयारी गरेको छ ।
यी चार्जिङ पोइन्टहरुमा हुन्डाई गाडीका उपभोक्ताहरुलाई सवारी साधन निःशुल्क चार्च गर्न सक्नेछन् । यद्यपि, अन्य बाण्डका इभी गाडीहरुका लागि चार्जिङ शुल्क लिएर सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
नेपालमा हुन्डाईले हाल इलेक्ट्रिक सवारीमा कोना र आयोनिक नामक दुई मोडलहरू बिक्री वितरण गर्दै आइरहेको छ । बजार भित्रिएको छोटो अवधिमा नै यी दुवै मोडेलहरु नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीले जनाएको छ । ‘कोना र आयोनिक अहिले पनि उत्तिकै रुचाइने मोडेलहरू हुन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘अटोमोबाइलको भविष्य विद्युतीय सवारीको दिशामा सर्दै गएकाले हुन्डाईले विद्युतीय गाडीको क्षेत्रमा एकदम सम्भावना देखेको छ र आफ्नो ईभी गाडीहरुको विक्री बढ्नेमा विश्वस्त छ ।’
यस कारण उपभोक्ताहरू विद्युतीय सवारीप्रति आकर्षित र उत्साही हुने हुन्डाईको विश्वास लिएको छ । हाल Hyundai KONA -100 kW battery को मूल्य रु ५६.९६ लाख, Kona -150 kW battery को मूल्य रु ७१.९६ लाख र IONIQ -100 Kw battery को मूल्य रु ५७.९६ लाख छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले देशभर १३ शोेरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डार्ई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।
हुन्डाईले जडान गरेका चार्जिङ स्टेसनहरुः
| •LI Auto Services- Kupondole
•LI Quick Services – Tinkune |
| •Labim Mall- Pulchowk |
| •New Shiva Service- Sinamangal |
| •Hyundai Sales- Naxal |
| •Hyundai Sales-Thapathali |
| •Barahi Service Center-Pokhara |
| •Bindhya Service Center-Pokhara |
| •Pokhara Grand Hotel-Pokhara |
| •Water Front Resort-Pokhara |
| •Hotel Barahi-Pokhara |
| •Jagat motors- Bhaiharawa |
| •Siddhi Vinayak Service- Butwal |
| •New Rider Service- Dang |
| •HIM intercontinental- Nepalgunj |
| •Dinesh 4 Wheels- Dhangadhi |
| • Orchids Moto Corp- Birgunj |
| •Royal Auto World-Biratnagar |
| •Pathivara Auto Link- Itharai |
| •Pinnacle Service Center- Bharatpur |
| •Alliance Motors- Birtamode |




Comments are closed.