‘मेड इन नेपाल हुन्डाई भेन्यु’को प्रतिक्षामा छन् ग्राहकहरु

सुरेन्द्र पौडेल, काठमाडौं । ३ वर्ष अगाडि महिन्द्रा कम्पनीको सेकेण्ड ह्याण्ड गाडी गरिद गरेर चलाइरहेका कपनका विपिन अधिकारी अब नयाँ गाडी खरिद गर्ने सोचमा छन् । नयाँ वर्ष २०८१ मै गाडी एक्स्चेन्ज गर्ने सोच बनाएका उनले आफ्नो योजनालाई केही समय धकलेका छन् । अटोमोबाइल व्यवसायमा प्रतिष्ठित समूह लक्ष्मी ग्रुपले नेपालमै गाडी एसेम्बल गरी भेन्यु उत्पादन गरेको जानकारी पाएपछि उनको योजना धकेलिएको हो ।

‘नेपालमै गाडी एसेम्बल भएर तयार हुनु गौरवको विषय हो,’ उनले भने, ‘अब म हुन्डाई भेन्यु खरिद गर्ने सोचमा छु ।’ भेन्युको मूल्य पनि केही घट्नेमा आशावादी रहेको उनको भनाइ छ । पोखरा चाउथेका दिपेश पुन पनि अब आफूले हुन्डाईको भेन्यु खरिद गर्ने योजना बनाएको बताउँछन् । ‘नेपालमै एसेम्बल भएको गाडीलाई प्राथमिकतामा राख्नुपर्छ,’ उनी भन्छन्, ‘बजारमा बिक्री सुरु हुनासाथ भेन्यु बुकिङ गर्ने सोच बनाएको छु । मेरो लागि इन्ट्री गाडी नै अब भेन्यु बन्नेछ ।’

विपिन र दिपेशको जस्तै सोच काठमाडौं कलंकीका रामप्रसाद भट्टको पनि छ । ‘म धेरै कम्पनीको शोरुममा गएर गाडीहरु टेष्ट ड्राइभ गरिसकेको छु,’ उनले भने, ‘कुनै गाडीको लुक्स मन परेन, मन परेका गाडीहरुको मूल्य मिलेन,’ भट्ट भन्छन्, ‘मेरो लागि अब हुन्डाई भेन्यु प्रफेक्ट हुनेछ ।’

गाडी खरिदको सोचमा रहेका यी ३ प्रतिनिधि पात्रले जस्तै नेपालमा एसेम्बल भएर बजारमा आउने तयारीमा रहेको हुन्डाई भेन्यु धेरैको रोजाईमा पर्ने विश्वास गरिएको छ । हुन्डाई मोटरको एसेम्बल प्लान्ट नेपालमा सञ्चालनमा आएसँगै भेन्युको उत्पादन पनि सुरु भइसकेको छ । गाडी नेपाली बाटो सुहाउँदो रहेको र धेरै मानिसहरुले मन पराउने रेन्जमा उपलब्ध रहेकाले भेन्युको आकर्षण बढ्ने कम्पनीले विश्वास छ ।

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.को मुख्य कम्पनी लक्ष्मी ग्रुपको सहायक कम्पनी ‘लक्ष्मी मोटर कर्पोरेसन (एलएमसी)’ रामग्राम परासीमा प्लान्ट स्थापना गरेको छ । प्लान्टबाट वार्षिक ५ हजार गाडी एसेम्बल क्षमता छ ।

मेड इन नेपालमा आकर्षण

२०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनले नेपालमै एसेम्बल भएको मुस्ताङ म्याक्स चढेर नेपाली उत्पादनलाई प्रवर्द्धन गर्ने सन्देश दिएका थिए । उनले मुस्ताङ म्याक्स चढेपछि कम्पनीले धेरै चर्चा पाएको थियो । त्यसपछि गाडीको मागसमेत बढेको थियो । विविध कारणले पछि कम्पनी बन्द हुन पुग्यो । पछिल्लो समय नेपालमा पुनः एसेम्बल प्लान्ट स्थापनाको लागि लगानी सुरु हुने क्रम बढेको छ ।

२ पाँग्रे सेवारीका लागि केही एसेम्बल प्लान्ट सञ्चालन आइसकेका छन् । चार पाँग्रेमा अन्य कम्पनीलाई लक्ष्मी समूहले पछाडि पार्दै छोटो समयमा नेपालमै गाडी एसेम्बल सुरु गर्न सफल भएको छ ।

कम्पनीले उत्पादन सुरु गरेको भेन्युलाई ‘मेड इन नेपाल’ भनेर ब्रान्डिङ गरिएको छ । नेपालमै एसेम्बल भएर बजारमा आउन लागेकाले सुरुबाटै यो गाडीले धेरै चर्चा बटुलेको छ । हुन्डाई लोकप्रिय बाण्डसमेत भएकाले र आफ्नै देशमा एसेम्बल भइ तयार भएकाले नेपाली ग्राहकको रोजाईमा पर्ने कम्पनीले विश्वास लिएको छ ।

आइ १० र क्रेटा पनि उत्पादन हुने

प्लान्ट स्थापनासँगै भेन्यु उत्पादनको सुरुवात गरेको कम्पनीले छिट्टै नेपालबाटै आइ १० र क्रेटासमेत एसेम्बल गर्ने तयारी गरेको छ । आगामी सेप्टेम्बरबाट आइ१० र डिसेम्बरबाट क्रेटा एसेम्बलको तयारी भइरहेको कम्पनीका कार्यकारी निर्देशक निराकार श्रेष्ठले जानकारी दिए । त्यसपछि हुन्डाईको विद्युतीय गाडी पनि सोही प्लान्टमा एसेम्बल गरी बजारमा ल्याउने तयारीमा कम्पनी छ ।

बिक्री पछिको सेवामा प्राथमिकता

नेपाली बजारमा लक्ष्मी समूहले हुन्डाई गाडीको बिक्री सुरु गरेपछि बिक्री पछिको सेवालाई सधैं प्राथमिकतामा राख्ने गरेको छ । देशभर कम्पनीले १६ वटा अन्तर्राष्ट्रियस्तरका शोरुम सञ्चालनमा ल्याएको छ भने १९ वटा सर्भिस सेन्टरबाट सेवा प्रदान गरिरहेको छ ।

कम्पनीले बिक्री पछिको सेवालाई पहिलो प्राथमिकतामा राखेकै कारण आम ग्राहकको विश्वास जितिरहेको छ,’ कम्पनीका जनरल म्यानेजर दीपक थपलिया भन्छन् । विद्युतीय गाडी बिक्रीसँगै चार्जिङ पोइन्ट विस्तारमा पनि लक्ष्मी समूहले आफ्नो पहुँच बढाएको छ ।

lcci
You might also like

Comments are closed.