काठमाडौं । हुन्डाई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालमै एसेम्बल गरेर बनेको ‘भेन्यू’का लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।
६.९९ प्रतिशत व्याजदरमा फाइनान्स सेवा उपलब्ध गराउने, १० वर्षसम्म निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी लगायतका सुविधा उपलब्ध गराउने गरी कम्पनीले आकर्षक अफर सार्वजनिक गरेको हो । यो अफरबाट धेरै ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । जुनसुकै कम्पनी तथा मोडलका गाडीहरु एक्स्चेन्ज गरी नयाँ हुन्डाई गाडी खरिद गर्न सकिनेछ । नेपालमै बनेको भेन्यु नेपाली ग्राहकले सहज रुपमा चढ्न सकुन् भन्ने उद्देश्यसहित आकर्षक अफर ल्याइएको कम्पनीले जनाएको छ ।
कम्पनीले नेपालमै प्लान्ट स्थापना गरी भेन्युको एसेम्बल गरी उत्पादन सुरु गरेको छ । ‘मेड नेपाल हुन्डाई भेन्यु’ हुन्डाईको देशभर रहेका शोरुममा बिक्री, बुकिङ तथा टेष्ट ड्राइभका लागि उपलब्ध छन् । नेपालमै एसेम्बल भएको भेन्युप्रति ग्राहकको चासो तथा आकर्षण छोटो समयमै बढेको कम्पनीले जनाएको छ ।
पहिलो चरणमा नेपालमा भेन्यु एसेम्बल गरेको कम्पनीले छिट्टै ग्राण्ड आइटेन र क्रेटा पनि एसेम्बल गर्ने तयारी गरेको छ ।
Comments are closed.