काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘फेस्टिभ डिलाइट २०८१’ योजनाको बिजेतालाई बम्पर पुरस्कार हस्तान्तरण गरेको छ ।
बिजेता कुवेरा कन्स्ट्रक्सन प्रा.लि. लाई आइतबार पुरस्कार हस्तान्तरण गरिएको हो । लक्ष्मी ग्रुपले आयोजना गरेको ‘ल्याक्स पेरियन्स’ कार्यक्रमको दोस्रो दिन नयाँ हुन्डाई भेन्यू १.२ प्रदान गरिएको हो ।
दशैं–तिहारको अवसर पारेर २०२४ अगस्ट २२ देखि नोभेम्बर ८ सम्म सञ्चालन गरिएको योजना अन्तर्गत ग्राहकले आकर्षक नगद छुट, अधिकतम १ लाख रुपैयाँसम्मको स्क्र्याच कार्डमार्फत नगद छुट, एक वर्षको सडक कर, एक वर्षको बीमा तथा एक्स्चेन्ज बोनसजस्ता सुविधा पाएका थिए।
हुन्डाई नेपालले बिजेता कुवेरा कन्स्ट्रक्सनलाई हार्दिक बधाई दिंदै, योजनामा सहभागी सबै ग्राहकप्रति आभार व्यक्त गरेको छ ।
Comments are closed.