काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यु’ चितवनमा पनि भित्रिएको छ । । भरतपुर वसन्तचोकस्थित हुन्डाई सोरुममा आयोजित समारोहमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवी सुवेदी, चितवन अटोमोबाईलस् डिर्लस एसोसिएसन चितवनका अध्यक्ष ईन्द्र सुवेदीले गाडी सार्वजनिक गरेसँगै बिक्री शुरु भएको हो ।
अल–न्यु भेन्युमा बोल्ड डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र पर्फर्मेन्सलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ । गाडीमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल तथा सिग्नेचर सी–पिलर गार्निस राखिएको छ ।
कम्पनीका अनुशार गाडीको क्याबिनमा १०.२५ इन्चको इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, डिजिटल क्लस्टर र पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफलगायत सुविधा रहेका छन् ।
पर्फर्मेन्सतर्फ १.२ लिटर एमपीआई पेट्रोल र १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । सुरक्षाका लागि ६ एयरब्याग, एबीएस विथ ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोललगायत सुविधा उपलब्ध छन् ।
नेपाली बजारमा अल–न्यु भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो एचएक्स २, एचएक्स ५ प्लस र एचएक्स ५ डीसीटी गरी तीन भेरियन्टमा उपलब्ध छ । भरतपुर वसन्तचोकस्थित पिनाकल ट्रेडिङ कन्सर्नको हुन्डाई सोरुममा गाडी उपलब्ध छ ।






Comments are closed.