अभिनेत्री पूजा शर्माले किनिन् ६८ लाखको हुन्डाई क्रेटा

काठमाडौं । कलाकारहरुले ब्राण्डेड र महंगा गाडी चढ्ने क्रम बढ्दो छ । यसैक्रममा पछिल्लो समयमा कलाकारितामा निकै व्यस्त अभिनेत्री पूजा शर्माले पनि महंगो गाडी खरिद गरेकी छन् ।

अभिनेत्री शर्माले शुक्रबार हुन्डाईको क्रेटा कार खरिद गरेकी हुन् । हुन्डाईको थापाथली शोरुमबाट उनले क्रेटाको अटोमेटिक अस्पसनको ६८ लाख रुपैयाँ पर्ने कार खरिद गरेकी हुन् । कार खरिद गर्न उनी आमालाई लिएर शोरुम पुगेकी थिइन् ।

हुन्डाइ थापाथली शोरुम इन्चार्ज दिवाकर रेग्मीले शर्मालाई कार हस्तान्तरण गरेका हुन् । कलाकार शर्माले नगदमै क्रेटा खरिद गरेको बताइएको छ । यस अगाडि उनले हुन्डाईकै ग्राण्ड आइ टेन कार चढ्दै आएकी थिइन् ।

jutta mela

You might also like

Comments are closed.