काठमाडौं । हुुन्डाई मोटर कम्पनीले आज नवीनता, गुणस्तर र ग्राहक–केन्द्रित डिजाइनमार्फत गतिशीलताको भविष्य निर्माण गर्दै आएको ५७ वर्षको यात्रा पूरा गरेको छ । सुरुआती दिनदेखि विश्वसनीय अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डको रूपमा स्थापित हुँदै, हुुन्डाईले विश्वभरका ग्राहकको बदलिँदो आवश्यकतालाई ध्यानमा राख्दै उन्नत, भरपर्दो र दिगो मोबिलिटी समाधान निरन्तर रूपमा प्रदान गर्दै आएको छ ।
हुुन्डाई स्मार्ट, सुरक्षित तथा जिम्मेवार मोबिलिटी विकासप्रति प्रतिबद्ध रहँदै आएको छ । यो महत्वपूर्ण उपलब्धि मनाउँदै गर्दा, कम्पनीले विश्वभर अझ उत्कृष्ट मोबिलिटी अनुभव प्रदान गर्ने लक्ष्यसहित भविष्यतर्फ अघि बढ्ने दृढ संकल्प दोहोर्याएको छ ।
सन् १९६७ मा स्थापना भएको हुुन्डाई मोटर कम्पनी २०० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको एक विश्वव्यापी अटोमोबाइल ब्रान्ड हो, जसले विभिन्न प्रकारका सवारीसाधन तथा मोबिलिटी समाधानहरू प्रदान गर्दछ ।
नेपालमा हुुन्डाईको आधिकारिक वितरकको रूपमा फेब्रुअरी २००९ देखि लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. कार्यरत छ । वितरक भए देखि नै कम्पनीले देशभर हुुन्डाई सवारीसाधनको आयात, बिक्री तथा सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । बलियो आफ्टर–सेल्स नेटवर्क र दक्ष तथा प्रशिक्षित पेशेवर टोलीको सहयोगमा कम्पनीले ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको छ ।
४५००० ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै, हुुन्डार्ई नेपालले ‘हुुन्डाई परिवार’ कार्यक्रम सुरु गरेको छ, जसको उद्देश्य ग्राहकहरूको जीवनको अभिन्न हिस्सा बन्नु हो । विभिन्न क्षेत्रका अग्रणी ब्रान्डहरूसँगको सहकार्यमार्फत यस कार्यक्रमले हुुन्डाई ग्राहकहरूलाई विशेष लाभ, थप सेवाहरू तथा प्रिमियम अनुभवहरू प्रदान गर्दै आएको छ ।
नेपालप्रति आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप मजबुत बनाउँदै, हुुन्डाईले मे २०२४ मा सवारीसाधन एसेम्ब्ली प्लान्ट स्थापना गरेको छ । यो कदमले स्थानीय उत्पादन, रोजगारी सिर्जना तथा नेपालको अटोमोबाइल इकोसिस्टमको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
‘प्रोग्रेस फर ह्युम्यानिटी’ भन्ने विश्वव्यापी दृष्टिकोणद्वारा निर्देशित हुँदै, हुुन्डाई नेपालले स्मार्ट, सुरक्षित र दिगो मोबिलिटी समाधानहरू प्रदान गर्दै ग्राहकहरूको अनुभवलाई अझ समृद्ध बनाइरहेको छ ।





Comments are closed.