काठमाडौं । नेपालका लागि ह्युन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले यस वर्ष पनि महान् चाड दशैं, तिहार र छठलाई लक्षित गर्दै विशेष योजना “दशैं–तिहार, १० गुणा उपहार” अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकहरूले ह्युन्डाई गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट पाउनेछन् । साथै, स्क्र्याच कार्डमार्फत १० लाख रुपैयाँसम्मको थप नगद छुट जित्ने अवसर पनि उपलब्ध हुनेछ । यसबाहेक, २० हजार रुपैयाँसम्मको लोयल्टी बोनस, प्रत्येक गाडीमा १ वर्षको निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, र सडक कर समेत पाउने व्यवस्था गरिएको छ ।
गुणस्तरीय सेवा र दीर्घकालीन भरपर्दोपनका लागि हरेक ह्युन्डाई गाडीमा ३ वर्षको वारेन्टी र ६ वर्षसम्मको निःशुल्क सर्भिसिङ सुविधा समेत दिइने कम्पनीले जनाएको छ ।
भदौ २ गतेदेखि सुरु हुने यो अफरमार्फत ह्युन्डाईले सबै अटोप्रेमी र सम्भावित ग्राहकलाई नजिकैको शोरुममा पुगेर उपहार योजना लिन हार्दिक निमन्त्रणा गरेको छ ।
Comments are closed.