हुन्डाईले ल्यायो नयाँ वर्ष अफर, ग्राहकले पाउनेछन् छुट नै छुट

काठमाडौं । हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँँ वर्ष योजना सार्वजनिक गरेको छ । ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ अफर कम्पनीले सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरु प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहकले आकर्षक नगद छुट, स्क्र्याच कार्डमार्फत २० हजारदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट पाउनेछन् ।

१५ हजार रुपैयाँ बराबरको लोयल्टी बोनस, १ लाख रुपैयाँसम्मको एकसचेन्ज बोनस तथा १ वर्षको बीमा सुबिधा ग्राहकले प्राप्त गर्ने कम्पनीले जनाएको छ । हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडांै ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ ।

You might also like

Comments are closed.