काठमाडौं । इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न तेस्रो साधारण सभाले सुशील तण्डुकार अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो ।
संस्थाको उपाध्यक्षमा पवित्रविक्रम राणा र सशिन्द्र भण्डारी, महासचिवमा वाशुदेव तिमल्सिना, सचिवमा विश्वास घिमिरे, कोषाध्यक्षमा मधुसूदन सिग्देल र सह–कोषाध्यक्षमा विवेक मिश्रलाई चयन भए ।
सदस्यहरुमा जयराम महर्जन, कृष्ण पोखरेल, मलेश शाह, सञ्जय न्यौपाने, नितु श्रेष्ठ, अस्मित उप्रेती, सुवर्ण पौडेल र सुवाश अर्याल चयन भएका छन् । सल्लाहकारमा पूर्वमन्त्री गणेश साह, राजनबाबु श्रेष्ठ, गोविन्द भट्टराई, कपिल शिवाकोटी, पूर्णबहादुर क्षेत्री, प्रदीपमान प्रधान र शान्तराज बतास चयन भएको नवनिर्वाचित अध्यक्ष तण्डुकारले जानकारी दिए ।
आईएई नेपालमा संस्थागत र व्यक्तिगत गरी ४५ सदस्य छन् । विभिन्न कम्पनीमा कार्यरत इन्जिनियर तथा अटोमोटिभ प्रोफेसन्सहरु संस्थामा आबद्ध छन् । संस्थामार्फत नयाँ टेक्नोलोजी आदानप्रदान, नयाँनयाँ रिसर्चलाई इन्डष्ट्रिमा ल्याउने, स्टुडेन्ट लेबलको प्रोजेक्टलाई सपोर्ट गर्ने काम हुँदै आइरहेको छ ।
सम्पूर्ण सदस्यलाई समेटेर विभिन्न संघसंस्थासँग समन्वय गरी संस्थागत हितमा तथा टेक्नोलोजीका क्षेत्रमा काम गर्ने अध्यक्ष तण्डुकारले बताए । ‘नेपालमा भएको रिसर्चलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका रिसर्चलाई नेपालमा ल्याउनेछौं,’ उनले भने, ‘समय समयमा सेमिनारहरुसमेत हुनेछ ।’ संस्थाले रोडसाइड असिस्टेन्ट सेवासमेत प्रदान गर्दै आइरहेको छ । यसका लागि संस्थाको आफ्नै प्रो भ्यान छ ।
Comments are closed.