आइक्यासमा अन्तर्राष्ट्रियस्तरको व्यावसायिक शिक्षाः थापा

‘देश तथा विदेशमा रोजगारीका लागि सिफारिस गर्छौं’

सम्मरबहादुर थापा मगर (समिर)
प्रवन्ध निर्देशक
इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स (आइक्यास)

पोखराको पन्थीगल्लीमा इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स (आइक्यास) सञ्चालनमा आएको छ । व्यावसायिक शिक्षा तथा सिपमुलक तालिम सञ्चालन गर्ने लक्ष्यसहित हालै सञ्चालनमा आएको आइक्यासका बारेमा केन्द्रित रहेर प्रवन्ध निर्देशक सम्मरबहादुर थापा मगर (समिर)सँग आर्थिक आवाजले गरेको कुराकानीः

इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स (आइक्यास) स्थापना गर्नुको उद्देश्य हो ?
अन्तर्राष्ट्रियस्तरको व्यावसायिक शिक्षा दिने प्राविधिक शिक्षा दिने उद्देश्यले इन्टरनेशनल कलेज अफ अप्लाइड साइन्स (आइक्यास) स्थापना गरिएको हो । छोटो समय र सानो लगानीमा विद्यार्थीहरुलाई व्यावसायिक बनाउन हामी सफल हुनेछौं । सिप सिकेर उद्यममा लाग्नका लागि समेत हामीले प्रोत्साहन गर्नेछौं ।

jutta mela

यो कस्तो संस्था हो ?
सन् २०१७ मा दर्ता भइ बिगत एक वर्षदेखि अनौपचारिक रुपमा सञ्चालनमा आएको आइक्यासको हालै औपचारिक शुभारम्भ गरिएको छ । नेपाल सरकारको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भइ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)बाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको शैक्षिक संस्था हो । दक्ष तथा अनुभवी प्रशिक्षकबाट तालिम प्रदान गरिने पोखराको उत्कृष्ट तालिम प्रदायिक संस्था हो । जहाँ हामीले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नसक्ने प्रशिक्षार्थी उत्पाादन गर्छौं ।

आइक्यासमा कुन–कुन कोर्षमा पढाई हुन्छ ?
होटल व्यवस्थापन सम्बन्धी हाउसकिपिङ, बार टेण्डर, वेटर, बेकर, बरिष्टा, कमर्सियल कुकिङ र प्रोफेसनल कुकिङ तालिमका कोर्षहरु सञ्चालन भइरहेका छन् । जापानका लागि रोजगारीमा जानका लागि केयर गिभर सम्बन्धी तालिम पनि सञ्चालन गरिएको छ ।

आइक्यासमै किन अध्ययन गर्ने ?
पोखरामा यस्तो खालका धेरै संस्था खुलेका छन् । हामीले पछिल्लो समयको बजारको मागलाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न प्रयोगशाला सहित कलेज स्थापना गरेका छौं । जहाँ यथेष्ट प्रयोगात्मक कक्षा सञ्चालन हुन्छ । १० वर्षभन्दा बढी स्वदेश तथा विदेशमा अनुभव प्राप्त प्रशिक्षकबाट पारिवारिक वातावरणमा तालिम प्रदान हुन्छ । तालिम पश्चात स्वदेश तथा विदेशमा रोजगारीमा पदस्थापन गरिन्छ भने उद्यम गर्न चाहने प्रशिक्षार्थीलाई व्यावसायिक बन्न सहयोग गरिनेछ ।

विदेशमा कुन–कुन देशमा प्रशिक्षार्थीलाई पठाउन सक्नुहुन्छ ?
हालसालै अष्ट्रेलियाले विद्यार्थी भिसा कटौती गरी कामदार भिसालाई प्राथमिकता दिएको छ । हाम्रा ६ महिने कमर्सियल कुकिङ र एक वर्षे प्रोफेसनल कुकिङ पुरा गरेका प्रशिक्षार्थीहरु अष्ट्रेलियाको २ वर्षे इन्टरसिप भिसामा आवेदन गर्न पाउनेछन् । दुवइको फाइवस्टार होटल क्राउन प्लाजामा वेटर र हाउसकिपिङका लागि यही फेव्रुवरीबाट प्रशिक्षार्थीहरु इन्टर्नसिपमा पठाउन लागिएकोछ । यसबाहेक हामीसँग हङकङ, फिलिपिन्स, न्युजिल्याण्ड लगायत भारतमा समेत प्रशिक्षार्थी वर्किङ तथा इन्टर्नसिपमा पठाउन सकिन्छ । रोजगारी तथा प्रशिक्षार्थी दुवै उद्देश्यका लागि हाम्रा प्रशिक्षार्थीलाई हामी विदेश पठाउन तथा सिफारिस गर्न सक्छौं ।

आइक्यासका अन्य विशेषताहरु केके छन् ?
अन्तर्राष्ट्रियस्तरका कलेजहरुसँग पनि हाम्रो साझेदारी छ । हाम्रा विद्यार्थीहरु पनि क्रेडिट ट्रान्फर गरेर विदेशमा अध्ययन गर्न जान सक्छन् । विदेशी विद्यार्थीहरु पनि १ देखि २ साताका लागि अनुभव साटासाट गर्ने उद्देश्यले आइक्यासमा अध्ययन गर्न आउने तयारी भइरहेको छ । कोरोना भाइरसका कारणले केही समय ढिला भएको छ । छिट्टै विदेशी विद्यार्थी यहाँ आउने र हाम्रा प्रशिक्षार्थी बाहिर जाने क्रम सुरु हुनेछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
आइक्यास शुभारम्भ भएको अवसरमा हामीले २५ प्रतिशत छुटसहित विद्यार्थी भर्ना गरिरहेका छौं । कमर्सियल कुकिङ लगायत सबै कोर्षहरुमा यो सुविधा उपलब्ध रहेको छ । सिप सिक्न चाहनेहरुलाई यहाँ आउन म सबैमा अनुरोध गर्दछु ।

You might also like

Comments are closed.