आइसिएफसी फाइनान्सले ५० करोडको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले ऋणपत्र निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । राष्ट्र बैंकले भदौ ९ गते कम्पनीलाई रु ५० करोड बराबरको ऋणपत्र जारी गर्ने अनुमति दिएको हो ।

स्वीकृतिपछि कम्पनीले ‘आईसिएफसी फाइनान्स लिमिटेड डिबेञ्चर २०८९’ नामक ऋणपत्र सार्वजनिक गर्नेछ । यस अन्तर्गत प्रति ऋणपत्र रु १ हजार अंकित दरका ५ लाख कित्ता जारी गरिनेछ ।

यस ऋणपत्र निष्कासनबाट संकलित रकम कम्पनीले दीर्घकालीन वित्तीय व्यवस्थापनमा प्रयोग गर्ने जनाएको छ ।

You might also like

Comments are closed.