काठमाडौं । विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि आईसीएस इन्टरनेशनल एजुकेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेको छ ।
विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई पुनरुत्थान र पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले १ लाख ११ हजार १११ रुपैयाँ कोषमा जम्मा गरिएको जनाइएको छ ।

‘कठिन परिस्थितिमा हरेक सानो सहयोगको पनि ठूलो महत्व हुन्छ,’ आईसीएस इन्टरनेशनलले भनेको छ, ‘बाढी प्रभावित परिवारहरूसँग हामी ऐक्यबद्धता जनाउँछौँ। देशलाई परेको यो संकटमा सबै मिली आफ्नो तर्फबाट सहयोग गरौँ ।’






Comments are closed.