पोखरा । विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै आइसिएस इन्टरनेशनल एजुकेशन एन्ड माइग्रेसनले पोखरामा आफ्नो नवौं शाखा विस्तार गरेको छ।
पोखरा महानगरपालिका–चिप्लेढुंगास्थित सावित्री भवनको दोस्रो तलामा स्थापना गरिएको उक्त शाखाबाट विदेश अध्ययनका लागि परामर्श तथा सहजीकरण सेवा प्रदान गरिने शाखा प्रमुख पद्मा अधिकारीले जानकारी दिइन्।
उनका अनुसार शाखाको औपचारिक उद्घाटन आगामी अप्रिल ५ गते (चैत २२) हुनेछ। उद्घाटनकै अवसरमा सोही दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म ‘फाइनान्सियल रोड सो’ कार्यक्रमसमेत आयोजना गरिनेछ।
विदेश अध्ययनमा रुचि राख्ने विद्यार्थी तथा अभिभावकलाई लक्षित उक्त कार्यक्रममा विभिन्न देशका अध्ययन अवसर, भर्ना प्रक्रिया, भिसा मार्गदर्शन तथा आर्थिक योजना सम्बन्धी परामर्श प्रदान गरिने जनाइएको छ।
अष्ट्रेलियाको मेलवर्न मा केन्द्रीय कार्यालय रहेको आइसिएसले अष्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, जर्मनी, न्यूजिल्याण्ड तथा दुबईका विभिन्न विश्वविद्यालय तथा कलेजहरूसँग सहकार्य गर्दै अध्ययन भिजाको सेवा प्रदान गर्दै आएको छ।
आइसिएसका अष्ट्रेलियामा ३, फिलिपिन्समा २, श्रीलंकामा १ र नेपालमा नयाँ शाखासहित ३ वटा शाखा सञ्चालनमा रहेका छन्।
संस्थाले गुणस्तरीय सेवामा जोड दिँदै आएको उल्लेख गर्दै निर्देशक केदार सापकोटा ले आइसिएसले विस्तारभन्दा पनि सेवा गुणस्तरलाई प्राथमिकतामा राख्दै अघि बढ्ने बताए।
आइसीएसले आफ्नो स्थापनाको ११ बर्षमा करिब १० हजार भन्दा बढी विद्यार्थीहरुलाई विद्यार्थी भिजा सम्बन्धी सेवा दिएको जनाएको छ ।
पोखरामा नयाँ शाखा सञ्चालनसँगै यहाँका तथा आसपासका क्षेत्रका विद्यार्थीलाई विदेश अध्ययनसम्बन्धी सेवा अझ सहज र पहुँचयोग्य हुने विश्वास गरिएको छ।






Comments are closed.