प्रथम काठमाडौं महोत्सवको मुख्य प्रायोजकमा आइडिया फर वल्र्डले सहकार्य गर्नुको मुख्य उद्देश्य के हो ?
नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आयोजना गरेको प्रथम काठमाडौं महोत्सवमा सहभागी हुन पाउँदा हामीलाई गौरव महसुस भएको छ । महोत्सवमा हाम्रो सहभागिताको मुख्य उद्देश्य नेपाल र नेपालीको समग्र विकासमा योगदान पु¥याउनु हो । विश्वस्तरीय एआई र अत्याधुनिक प्रविधिहरू नेपालमा भित्र्याएर यहाँका युवा, उद्यमी र व्यवसायीहरूलाई नयाँ अवसरसँग जोड्नु नै हाम्रो प्रमुख लक्ष्य हो ।
महोत्सवमा सहभागीहरूलाई आइडिया फर वल्र्डको स्टलबाट के–कस्ता जानकारी प्रदान गर्नुहुन्छ ?
हाम्रो स्टलमा ३० भन्दा बढी अत्याधुनिक प्रविधि र ‘रेडी बिजनेस कन्सेप्ट’हरू प्रस्तुत हुनेछन् । जस्तैः डोम हाउस, फोल्डिङ हाउस, क्लिन इनर्जी सोलुसन आदिबारे विस्तृत जानकारी गराउने हाम्रो लक्ष्य छ । साथै, यी प्रविधिहरूलाई एजेन्सी, डिलरसिप, फ्रेन्चाइज र साझेदारीमार्फत कसरी सफल व्यवसायमा रूपान्तरण गर्न सकिन्छ भन्नेबारे पनि हामी जानकारी प्रदान गर्नेछौँ ।
आइडिया फर वल्र्डजस्तो बहुराष्ट्रिय कम्पनीबाट नेपालले के–कस्तो लाभ लिन सक्छ ?
हामीले विश्वभर सफल सावित भएका प्रविधि, सिस्टम र बिजनेस मोडलहरू नेपालमा ल्याइरहेका छौँ । यसबाट टेक्नोलोजी ट्रान्सफर, सीप विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण अवसर मिल्नेछ ।
नेपालमा उद्यमी उत्पादन गर्ने योजनाहरू कसरी कार्यान्वयन भइरहेका छन् ?
हामी ‘रेडी कन्सेप्ट’ सहितका व्यवसायहरू ल्याउँछौँ, जहाँ कम लगानी र न्यून जोखिममा व्यवसाय सुरु गर्न सकिन्छ । फ्रेन्चाइज, एजेन्सी र डिलरसिप मोडलमार्फत नयाँ उद्यमीहरूलाई आत्मनिर्भर बनाउने हाम्रो योजना कार्यान्वयनको चरणमा छ ।
नेपालमा आइडिया फर वल्र्डले के–कस्ता योजनासहित काम गर्दै आइरहेको छ ?
हामी एआई, स्मार्ट हाउसिङ, अटोमेसन, क्लिन इनर्जी, इलेक्ट्रिक मोबिलिटी र फ्युचर टेक्नोलोजीमा आधारित समाधानहरूमा केन्द्रित रहेर काम गरिरहेका छौं ।
विदेशको प्रविधिलाई नेपालमा भित्र्याउने तपाईंहरूको योजना कसरी कार्यान्वयन गर्दै हुनुहुन्छ ?
हामीसँग देशव्यापी विस्तारको योजना छ । स्थानीय एजेन्सी, डिलरसिप र साझेदारीमार्फत गाउँदेखि सहरसम्म प्रविधि विस्तार गर्ने लक्ष्यका साथ हामी अघि बढिरहेका छौं ।
जो उद्यम गर्न चाहनुहुन्छ, उहाँहरूलाई तपाईंको सुझाव के छ ?
हाम्रो प्राथमिकता नै जोखिममुक्त वा न्यून जोखिमयुक्त व्यावसायिक मोडल हो । हाम्रा केही प्रविधि प्रोजेक्टहरू पूर्णतया जोखिममुक्त छन् । त्यसैले, सही मार्गदर्शन र उपयुक्त साझेदारी छानेर आँट र उत्साहका साथ अघि बढ्न म सुझाव दिन्छु ।




Comments are closed.