आइप्यानको वरिष्ठ उपाध्यक्षमा काठमाडौं वर्ल्ड स्कुलका झा

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संस्था (आइप्यान)को वरिष्ठ उपाध्यक्षमा इन्जिनियर डा. मिथिलेश कुमार झा निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न साधारणसभाले सर्वसम्मत उनी वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् ।

काठमाडौं वर्ल्ड स्कुलका म्यानेजमेन्ट कमिटि अध्यक्ष झा शिक्षा क्षेत्रमा लामो समयदेखि सक्रिय छन् । विशेषगरी सिजी होल्डिङस अन्तर्गतका शैक्षिक संस्थामा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् ।

आइप्यानको अध्यक्षमा लक्ष्मण केसी निर्वाचित भए । उनको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा विज्ञान श्रेष्ठ, महासचिवमा रेष्टा झा, सचिवमा रितल राणा र कोषाध्यक्षमा शैलजा अधिकारी निर्वाचित भएका छन् ।

कार्य समिति सदस्यमा तेज ढकाल, योगेश उप्रेती, प्रभिना थापा र रवि फुयाँल र सल्लाहकार पंकज जलान र समीर थापा निर्वाचित भएका छन् । संस्थाको निवर्तमान अध्यक्षमा समीर थापा पदेन सदस्य रहनेछन् ।

You might also like

Comments are closed.