आइजीआई प्रुडेन्सियल र माया मेट्रो हस्पिटलबीच सहकार्य

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र माया मेट्रो हस्पिटल प्रालि धनगढीबीच सेवा प्रदानमा सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौता पत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका सुदूरपश्चिम प्रदेश प्रमुख संजिव जोशी र हस्पिटलका अध्यक्ष धीरेन्द्र सावदले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका कर्मचारी, शेयरधनी तथा ग्राहकले हस्पिटलमा प्राप्त हुने सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् । एक्सरे, युएसजी, इको लगायतका सेवाहरुमा प्राप्त हुने छुटले सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ ।

यसैबीच इन्स्योरेन्सका सुदूरपश्चिम प्रदेश प्रमुख जोशीले हस्पिटसँग आवद्ध लगानीकर्ता, कर्मचारी तथा ग्राहकलाई आवश्यक पर्ने निर्जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरुसहज रुपमा प्राप्त गर्न सक्ने जानकारी गराए ।

You might also like

Comments are closed.