आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका शाखाहरु स्थानान्तरण

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको सुर्यविनायक नगरपालिका वडा नं. १, भक्तपुरमा रहेको शाखा कार्यालयलाई मध्यपुर थिमी नगरपालिका वडा नं. ३, भक्तपुरमा र स्याङ्जा वालिङ नगरपालिकास्थित वडा नं ०३, मा रहेको शाखा कार्यालयलाई पोखरा महानगरपालिका वडा नं. १७, बिरौटा, कास्कीमा स्थानान्तरण भएको छ । जेठ २१ सोमबारबाट दुवै शाखाहरु स्थानान्तरण भएको कम्पनीले जनाएको छ ।

ग्राहकलाई छिटो र छरितो बीमा सेवा प्रदान गर्ने साथै कम्पनीबाट प्रदान गर्ने सबै प्रकारका बीमा सेवालाई समय सापेक्ष परिवर्तन गर्दै लैजाने उद्देश्यले शाखा कार्यालयहरु स्थानान्तरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले निर्जीबन बीमाको क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आवश्यकतानुसार थप शाखा कार्यालयहरु खोल्दै जाने जनाएको छ । आफ्ना ग्राहकलाई सहज सेवाको लागि भइरहेका शाखा कार्यालयहरुलाई उपयुक्त स्थानमा स्थानान्तरण गरी सहज सेवा प्रदान गर्ने हेतुले भक्तपुर र पोखराको बिरौटामा शाखाहरु स्थानान्तरण गरिएको पनि कम्पनीले जनाएको छ ।

ग्राहकलाई निर्जीवन बीमा सम्बन्धी सबै सेवाहरु सजिलै उपलब्ध गरिने कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकृत शरण रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

You might also like

Comments are closed.