काठमाडौं सिटी सेन्टरमा ‘आइआइएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’

काठमाडौं । इन्टेरियर डिजाइन क्षेत्रका नयाँ सिर्जना, कला र व्यावसायिक सम्भावनालाई उजागर गर्ने उद्देश्यले ‘आइआइएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’को छैटौं र सातौं संस्करण आयोजना हुने भएको छ । काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा आगामी असोज १७ र १८ गते (अक्टोबर ३ र ४) यो प्रदर्शनी सञ्चालन हुनेछ ।

IIFT – School of Fashion & Interior Design को आयोजनामा हुने एक्स्पोमा युवा डिजाइनरहरूको सृजनात्मक क्षमता र आधुनिक इन्टेरियर डिजाइनका विभिन्न आयामहरू प्रदर्शन गरिनेछ । प्रदर्शनी हरेक दिन बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म अवलोकनकर्ताका लागि खुल्ला रहनेछ ।

नेपालमै इन्टेरियर डिजाइन शिक्षा लिइरहेका विद्यार्थी तथा व्यावसायिक डिजाइनरहरूलाई बजारसँग जोड्न र उपभोक्तालाई एकै छानामुनि आधुनिक डिजाइनसम्बन्धी जानकारी दिन यस प्रकारका प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सिटी सेन्टरस्थित भेन्युमा हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भइसकेको आइआइएफटीका सञ्चालक फुपु तेन्जिङ शेर्पाले जानकारी दिए ।

नेपालमा इन्टेरियर डिजाइन व्यवसाय, आधुनिक निर्माण सामग्री, सजावटका सामानहरू तथा यससम्बन्धी सेवाहरूको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यस एक्स्पोलाई विभिन्न प्रतिष्ठित कर्पोरेट हाउसहरूले साथ दिएका छन् ।

 

You might also like

Comments are closed.