आई.एम.ई. लाइफको ब्राण्ड एम्वेसेडर बनिन् मनिषा

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्वेसेडरमा देश  तथा विदेशमा ख्याति प्राप्त नेपाली सेलिब्रिटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले समझौतामा हस्ताक्षर गरेकी छिन् ।

मनिषा कोइरालालाई ब्राण्ड एम्वेसेडर बनाउन पाउँदा खुसी लागेको फुयाँलले बताए । आई.एम.ई. जनरल इन्स्योरेन्सको ब्राण्ड एम्वेसेडरमा पनि मनिषा नियुक्त भइसकेकी छन् ।

jutta mela
You might also like

Comments are closed.