“आइएमई पे” बाट केबल कारको टिकट सजिलै काट्न सकिने

काठमाडौं । “आइएमई पे” बाट केबल कारको टिकट सजिलै काट्न सकिने भएकाे छ ।

आइएमई ग्रुप अन्तर्गत “आइएमई डिजिटल सोलुसन लिमिटेड” को “आइएमई पे” बाट अब ग्राहकवर्गले नेपालभारि विभिन्न ठाउँमा स्थापित केबल कारको टिकट काट्न मिल्ने भएको हाे ।

आइएमई पेले सुरुवात देखिनै केबल कारको टिकेटिङ् सुविधा प्रदान गर्दै आइरहेको छ । चन्द्रगिरी केबल कारबाट सुरुवात गरिएको सो केबल कार टिकेटिङ् अन्तर्गत आइएमई पेबाट चन्द्रगिरी, मनकामना, अन्नपूर्ण र मौलाकाली केबल कारको टिकट काट्न सकिनेछ ।

jutta mela

आइएमई पेको यात्रा सेवामा केबल कार भित्र रहेको टिकेटिङ् सुविधा मार्फत ग्राहकवर्गले लाइन बस्ने झन्झट् बिना टिकट काट्न सक्नु हुनेछ ।

 

You might also like

Comments are closed.