काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले यहि माघ महिना देखि आफ्नो एपमा ‘अहिले नखेले कहिले’ नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।
यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु. १ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् ।
यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट- अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पे बाट भुक्तानीमा १५ प्रतिशत अतिरिक्त छुट (रु.१५० सम्म) पनि प्राप्त गर्न सक्नेछन् । माघ ४ गतेबाट शुरु भएको अल्टिमा बुम १६१ क्यु खरिद योजना माघ ८ गतेसम्म चल्ने छ ।





Comments are closed.