आइएमई जनरल इन्स्योेरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं । आइएमई जनरल इन्स्योेरेन्स लिमिटेडको २३औं बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कोरोना महामारीका कारण साधारण सभा भर्चुअल माध्यमबाट गरिएको थियो ।

सभामा अध्यक्ष हेमराज ढकालले देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको भन्दै हाल बीमा सम्बन्धमा जनमानसको सोचमा क्रमश परिवर्तन भई रहेकोले आगामी दिनमा नेपाली बीमा बजार अझै फराकिलो हुने विश्वास लिएको बताए । हाल कूल बीमाको पहुंच २६ प्रतिशत रहेको छ भने समग्र बीमाक्षेत्रको कूल ग्रार्हस्थ्य उत्पादनमा योगदान ३.४ प्रतिशत रहेको छ । बीमाको दायरामा वृद्धि भई व्यावसाय र मुनाफामा पनि क्रमश वृद्धि हुनेछ भन्ने विश्वास उनले व्यक्त गरे ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुंच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धिभएबाट पूंजीबजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल भएको छ । बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयां नयां क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने हेतुले आगामी बर्षमा अझै नविनतम सेवाहरु सहित ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने लक्ष्य कम्पनीले लिएको जानकारी ढकालले गराए ।

jutta mela

कम्पनीको व्यावसायमा भएको विस्तार संगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि कम्पनीले चुक्ता पूंजी र नेटवर्थमा वृद्धि गर्न आवश्यक हुने हुनाले हालको चुक्ता पूंजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्ने र सो पश्चात कम्पनीको नियमक निकाय बीमा समितिबाट स्वीकृत भए पश्चात जारी गर्ने गरी ४० प्रतिशतले हकप्रद शेयरको प्रस्ताव कम्पनीको २३औं साधारण सभाबाट पारित भएको छ भने उल्लेखित पूंजी बृद्धि सम्बन्धी विशेष प्रस्ताव स्वीकृति भएको हुनाले बोनस तथा हकप्रद शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूंजी १ अर्ब ६२ करोड ६ लाख २० हजार ४ सय पुग्ने ढकालले जानकारी दिए ।

शेयरधनी महानुभावले विगतका साधारण सभामा दिएको सुझाबको मनन गरी कम्पनीको आफ्नै केन्द्रीय कार्यालय प्रयोजनको लागि पानीपोखरी स्थित मुख्य सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरिसकेको र आजको सभाको निर्देशन वमोजिमनै निकट भविष्यमानै उक्त जग्गामा भबन निर्माणको कार्य अगाडी बढाईने व्यहोरा समेत ढकालले बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २३औं बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनीलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको बताए । यसलाई निरन्तरता प्रदान गर्न कम्पनी सदा तत्पर रहने बाचा व्यक्त गर्नुभयो । लगानीकर्ताहरुको भावना र संचालक समितिको निर्देशनले अगाडी बढिरहेको र कम्पनीले क्रमश आफ्नो स्थान अग्रिणी गर्दै गएकोमा निकट भविष्यमानै ५औं स्थानमा कम्पनीलाई स्थापित गर्ने लक्ष्य रहेको पनि उनले जानकारी दिए ।

बीमाको पहुंचलाई देशको सबैक्षेत्रमा पु¥याउने हेतुले हामीले ७ वटै प्रदेशबाट ग्राहकलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ ।

आ.ब. २०७५।७६ मा रु.१ अर्ब २६ करोड ७० लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अर्ब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दांजोमा १०.४५ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी दिए भने चालु आ.ब.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब १४ करोड बीमा शुल्क आर्जन गरिसकेको पनि श्रेष्ठले बताए ।

You might also like

Comments are closed.