आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा कलाकारद्वय गिरी र निरौला नियुक्त

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेस्डरमा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौला नियुक्त भएका छन् ।

ब्राण्ड एम्बेस्डर नियुक्त गर्ने समझदारी पत्रमा कलाकारद्वय गिरी, निरौला र इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले शुक्रबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् ।

jutta mela

उनीहरुलाई आइएमई लाइफले २ वर्षका लागि ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो । ब्राण्ड एम्बेस्डर नियुक्त गरेकोमा कलाकारद्वय गिरी र निरौलाले आभार व्यक्त गर्दै आफ्नो तर्फबाट कम्पनीको ब्राण्ड प्रवर्द्धनमा सक्दो साथ दिने बताएका छन् ।

आइएमई लाइफका प्रमुख कार्यकारी अधिकृत फुयाँलले लोकप्रिय कलाकारद्वयलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।

You might also like

Comments are closed.