आई.एम.ई. लाइफ इन्स्योरेन्सको भक्तपुर शाखा स्थानान्तरण

काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्सको भक्तपुर नगरपालिका १ स्थित नगरकोट रोड, सल्लाघारी सपिड्ड कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय स्थानान्तरण गरेको छ । पहिला कार्यालय रहेको स्थानबाट करिव ४०० मिटर अगाडी श्रृजनानगर चोकमा सो शाखा स्थानान्तरण भएको छ ।

उक्त स्थानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले गरेका हुन् । कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्ले लगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानीयको उपस्थिति थियो ।

jutta mela

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरण सँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुँयालले बताए ।

You might also like

Comments are closed.