आइएमई मोटर्स र रिलायन्स फाइनान्सबीच साझेदारी, ७० प्रतिशतसम्म फाइनान्सिङ सुविधा

काठमाडौं । आइएमई मोटर्सले रिलायन्स फाइनान्सबीच सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङका लागि रणनीतिक साझेदारी भएको छ । सम्झौतासँगै ग्राहकले अब रिलायन्सबाट सत्तरी प्रतिशतसम्मको सवारी साधन फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठ र रिटेल तथा एस एम इ प्रमुख नबिन्द्र के.सी. र आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदी र कम्पनीका प्रमुख वित्तीय अधिकृत निर्मल अधिकारी बिच हस्ताक्षर भएको हो ।

समझदारी मार्फत दुबै कम्पनीहरूको ग्राहक–केन्द्रित समाधान र अटोमोबाइल क्षेत्रको विकासमा प्रतिबद्धता प्रकट गरेका छन् । यसबाट ग्राहकहरूलाई सवारी साधन किन्न सहज र पहुँच योग्य फाइनान्सिगको सुविधा उपलब्ध भएको छ ।

आइएमई मोटर्सका सहायक महाप्रबन्धक सुशील सुवेदीले रिलायन्स फाइनान्ससँगको साझेदारीबाट ग्राहकलाई बढी फाइनान्सिङ सुविधा उपलब्ध हुने र अशोक लेल्याण्डको बजार वृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले आइएमई मोटर्ससँग मिलेर उत्कृष्ट फाइनान्सिग सेवाहरू मार्फत ग्राहकको आवश्यकतालाई पुरा गर्न तत्पर रहेको बताए ।

You might also like

Comments are closed.